आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

दोलखामा हिमपहिरोमा परी तीनको मृत्यु, आठ जना बेपत्ता

२०८२ कार्तिक १७, सोमबार मा प्रकाशित ( १ हफ्ता अघि) २३२६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
दोलखौं -१७ कार्तिक ।

दोलखाको उच्च हिमाली क्षेत्र रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको छ साथै सोही पहिरोमा आठ जना बेपत्ता भएका छन्।

उनीहरुलाई आज बिहान करिब १०ः३० बजे खसेको हिमपहिरोले पुरेको हो। साथै हिमपहिरोमा नेपाली गाइडसहित १५ जना हिमालआरोही टोलीहरु परेको जिल्ला प्रहरी कार्यालय दोलखाका जनाइएको छ। उनीहरु नाँ गाउँबाट यलुङ रि हिमाल आरोहणका लागि बिहानै प्रस्थान गरेका थिए।

प्रहरीका अनुसार हालसम्म मृतकको पहिचान खुलाइएको छैन। उद्धारका लागि प्रहरी टोली, स्थानीय र पर्यटन व्यवसायीहरू घटना स्थलतर्फ गएका छन्। हिमपहिरो गएको क्षेत्र उच्च हिमाली र दुर्गम स्थानमा भएकाले सञ्चार र आवत जावतमा समेत कठिनाइ भइरहेको जिल्ला प्रहरी जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार हराएका मध्ये केही विदेशी नागरिक पनि रहेका बताइएको छ। तर, उनीहरूको नागरिकता र परिचय भने पुष्टि हुनै बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार “घटनास्थल दुर्गम भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। थप टोली परिचालन गरिएको छ।”घटनाको विस्तृत विवरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस