आज:  | Thu, 16, May, 2024

उपत्यका ठूला क्याम्पसमा तिन विद्यार्थी सङ्गठनको भागबन्डा

२८ फाल्गुन २०७९, आईतवार १९:०८ मा प्रकाशित ( १ साल अघि) ३३३ पाठक संख्या
नारी बाटिका


उपत्यका ठूला क्याम्पसमा तिन विद्यार्थी सङ्गठनको भागबन्डा

काठमाण्डौ, २८ फागुन

लामो समयपछी हुन गैइरहेको विभिन्न दल निकट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तिन विध्यार्थी संघ संगठनबिच तालमेल गरी सिड भागवण्डा हुने भएको छ ।

उपत्यका ठूला क्याम्पसमा तिन विद्यार्थी सङ्गठनले भागबन्डामा सिट बाँडफाँड गरिएको छ । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी( र अनेरास्ववियु बीच तालमेल गरेका हुन् ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी( का अध्यक्ष पञ्चासिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले तीनवटै विश्वविद्यालयमा हुन गइरहेको स्ववियु निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको क्रान्तिकारीका प्रतिनिधीले जानकारी गराएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी) थापाथली इञ्जिनियरिङ क्याम्पस, सानोठिमी बहुमुखी क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिकयुथ क्याम्पस, विश्वभाषा क्याम्पस, नेशनल इञ्जिनीयरिङ र हिमालयन इञ्जिनीयरिङ पाउने सहमति भएको छ ।

यस्तै नेविसङ्घले नेपाल कर्मश क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्ममकन्या बहुमुखी क्याम्पस, शङ्करदेव क्याम्पस, महाराजगञ्ज क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनप्रशासन क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, ग्रामीण आर्दश क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस थली, पाउने सहमति भएको छ ।

यसैगरी अनेरास्ववियूले आरआर क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, वानेश्वर बहुमुखी क्याम्पसमा स्ववियु सभापति पाउने गरी सहमति भएको छ । क्रान्तिकारीका महासचिव दिपक पुनले उम्मेदवारी मनोनयन दर्ता गराएका सङ्गठनले तालमेल गरिए अनुसार नै सिट पाउने गरी सहमतीमा फिर्ता लिने बताउनु भएको छ

यही चैत ३ गते मध्यपश्चिम, चैत ५ गते त्रिवि र चैत ८ गते सुदूरपश्चिम विद्यालयमा स्ववियु निर्वाचन हुँदैछ । सहमति अनुसार नै पुर्ण कार्यन्वयन गरिने गरी तीनवटै विद्यार्थी सङ्गठनको मातहतका कमिटीले कार्यान्वयन गर्न निर्देशन समेत दिइ सकेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस