आज: २०८३ श्रावण २१, बिहिबार | Thu, 06, Aug, 2026

६८वर्षीय केदारनाथ पराजुलीको दम्पती सुनकोशीमा हामफालेर बेपत्ता

२०८३ श्रावण २१, बिहिबार मा प्रकाशित ( ५२ मिनेट अघि) ३२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
काभ्रेपलाञ्चोक- २१ साउन ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा एक दम्पतीले हामफालेर बेपत्ता भएका छन्। बुधबार साँझ अन्दाजी ६३ः० बजे काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकै सुनकोशी नदीमा हामफालेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीलाई प्रारम्भिक जानकारी अनुसार श्रीमती पराजुली बोन म्यारो क्यान्सरका कारण अपाङ्ग रहेको भनाइ छ । घटनाको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ।

घटनामा प्रहरी चौकी दोलालघाटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यसुहरि अधिकारीको नेतृत्वमा प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षक मनराज बानियाँसहितको टोलीले बेपत्ता दम्पतीको तीव्र रूपमा खोजी कार्य जारी रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस