
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
धादिङ -२७ जेठ ।
नेपाल पत्रकार महासंघ धादिङद्वारा जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिएको छ ।
सरकारले गरेको सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णयको विरोध गर्दै पत्रकार महासंघ जिल्ला शाखा धादिङमा आवद्ध संन्चारकर्मीहरुको सहभागितामा आज जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिएको हो । 
११ बजेबाट भएको पत्रकारको धर्ना कार्यक्रम प्रशासन कार्यालयको मुल गेटमा दिनको १२ बजे सम्म भएको थियो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा तथा सूचना र विज्ञापन सम्बन्धी विभेदकारी एवं स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै विरोध स्वरुप धर्ना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङको गेटमा आयोजित धर्ना कार्यक्रमलाई समापन गर्दै धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले यस विषयमा पत्रकार महासंघ केन्द्रको निर्णय अनुसार थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने र त्यो आन्दोलनमा सहभागिता र ऐकबद्धता जनाउन सबै संन्चार माध्यमलाइ आग्रह गर्नु भएको छ। 








प्रतिक्रिया दिनुहोस