

धादिङ ५ जेठ ।
आज बिहान धादिङको ससाहमा विद्यालय जाँदै गरेकी एक बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भिर घाइते भएकी छिन् ।

घाईते हुनेमा नीलकण्ठक नगरपालिका वडा न ८ ससाह देउराली मा वि मा अध्ययनरत छात्रा दिपिका वि क रहेकी छिन् ।
उनी शोमबार विहान विद्यालय जाने क्रममा वा.७७ प.२३९१ नं.को मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाईते भएकी थिईन् ।
ठक्कर दिने मोटरसाइकल चालक धादिङको सिद्धलेक २ का खेमलाल श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायब उपरिक्षक एव् सुचना अधिकारी सुवास हमालले जानकारी दिनु भयो ।
दुर्घटनापछी बालिकालाई धादिङको अस्पतालमा ल्याईएकोमा थप उपचारको लागी हेलिकप्टर मार्फत काठमान्डौ रिफर गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
घटनाको विषयमा थप विवरण आउन बाँकी ।












प्रतिक्रिया दिनुहोस