
नारी वाटिका संवाददाता
धादिङ -१ भदौ।
शनिबार दिउँसो परेको भिषण वर्षाका कारण नीलकण्ठ नगरपालिका–६ भोर्लेमा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ ।
चितवन कालिका नगरपालिका सक्तिखोर घर भई हाल धादिङको नीलकण्ठ–नगरपालिका ५ भर्ले सडक खण्डमा कार्यरत अ. २० वर्षीय युवक रविन तामाङको मृत्यु भएको हो ।
तामाङ खोलाले बगाएर बेपत्ता भएका थिए । खोजतलासको क्रममा उनलाई केही तल कोशिखोला खड्करेमा बाँसको झ्याङ नजिक मृत अवस्थामा स्थानीयले फेला पारेका हुन् ।












प्रतिक्रिया दिनुहोस