प्रधानमन्त्री पत्नी सीता दाहालको निधनमा बालुवाटार पुगेर लुले प्रधानमन्त्रीलाई समवेदना

काठमाडौं, ३० असार ।
प्रधानमन्त्री पत्नी सीता दाहालको निधनमा बालुवाटार पुगेर लुले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई समवेदना प्रकट गरेका छन् । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले सीता दाहालको निधनप्रति समवेदना प्रकट गर्नको लागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
शुक्रबार साँझ बालुवाटार पुगेर लुले प्रधानमन्त्रीलाई भेटेका हुन्। भेटका क्रममा उनले पत्नीशोकमा रहेका प्रचण्डलाई समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले प्रधानमन्त्री पत्नी सीता दाहालको तस्वीरमा माल्यार्पण पनि गरेका छन् ।
तस्वीर ; सामाजिक संन्जालबाट साभार