आज:  | Thu, 16, May, 2024

धादिङको गंगाजमुनामा ढुंगामाटाे खसेर जेसिबी पुरिदा चालकको मृत्यु

३ फाल्गुन २०७८, मंगलवार २२:२४ मा प्रकाशित ( २ साल अघि) ४०१ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मझुवाबेशीमा सडक खन्ने क्रममा माथी बाट डुङ्गा खसेर जेसिबी पुरिदा चालकको मृत्यु भएको छ । मझुवाबेशी स्थित मरौटीबाट मझुवाबेशी जाने नयाँ ट्रयाक खन्ने क्रममा माथिबाट सुख्खा ढुङ्गा सहितको पहिखसेर जेसिबि पुरिँदा जेसीबाका चालक सर्लाही बस्ने ३६ वर्षीय रोशन कुमार चौधरीको मृत्यु भएको हो ।
जेसिबि पुरिएको र चालकको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको र घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस