आज:  | Fri, 28, Mar, 2025

धादिङका अधिकारी वैदेशिक रोजगारीमा ३२ लाख ठगीको आरोपमा पक्राउ

३ फाल्गुन २०८१, शनिबार ०६:५७ मा प्रकाशित ( १ महिना अघि) १३३६२ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – ३ फागुन ।

वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै ३२ लाख ठगीको कसुरमा दिनेश अधिकारी पक्राउ परेका छन् । अधिकारीले युके पठाउने बहानामा ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका(३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका(५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी रहेका छन्। अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार काठमाडौं(२६ बाट पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार अधिकारीले युकेमा आकर्षक तलब हुने प्रलोभनमा पारेर एक व्यक्तिलाई ३२ लाख ५७ हजार रुपैयाँ ठगी गरेको उनीविरुद्ध उजुरी परेको छ।

पिडितसंग रकम अशुली अधिकारीले लामो समयसम्म झुक्यानमा पार्दै विदेश नपठाएर सम्पर्क विहीन भएपछि पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए। पक्राउ परेका अधिकारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि शुक्रबार नै वैदेशिक रोजगार विभागमा पठाइएको एसएसपी बस्नेतले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस