आज:  | Tue, 14, May, 2024

होल्डिङ सेन्टर निर्माण कार्यमा अनियमितता भएको ।

१ श्रावण २०७९, आईतवार १७:३५ मा प्रकाशित ( १ साल अघि) २६३ पाठक संख्या
नारी बाटिका


 


२०७९ श्रावण १ आइृतवार धादिङ

काम नै सुरु नगरी निर्माण व्यवसायीले लगे साढे एक अर्ब भन्दा बढी रकम । होल्डिङ सेन्टर निर्माणमा अनियमितता, नौ मध्ये तीनवटाको काम नै सुरु भएको छैन तर पनि व्यवसायीले साढे एक अर्ब भन्दा बढी रकम लगेपछी उक्त कार्यमा लापर्वाही मात्रै हैन होल्डिङ सेन्टर निर्माणमा अनियमितता भएको पाइएको हो ।

सरकारले कोरोना महामारीमा ठूलो संख्यालाई आइसोलेसनमा राख्नुपर्ने अवस्था भएपछि वहुउपयोगी होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो ।

२०७८ वैशाख १३ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल–भारत सीमा नाकाहरु गड्डा चौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेलहिया, वीरगन्ज, रानी तथा काँकडभिट्ट नजिकै पायक पर्ने गरी उक्त स्थान र काठमाडौंमा कम्तीमा एक हजार क्षमताको बहुउपयोगी अर्ध स्थायी प्रकृतिको होल्डिङ सेन्टर निर्माण गर्ने भनी निर्णय गरेको थियो भने सोही दिन मन्त्रिपरिषद्ले होल्डिङ सेन्टर निर्माण कार्यको सवै जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय समेत गरेको थियो ।

त्यसैगरी विभिन्न ९ स्थानमा होल्डिङ सेन्टर निर्माण गर्न २ अर्ब ३२ करोड ९० लाखको लागत अनुमानका साथ निर्णय बाट स्वीकृत गरी टेण्डर आव्हान गरिएको थियो ।

त्यसपछि नेपाली सेनाको स्थपति निर्देशनालयले सबैभन्दा कम लागतमा कबोल गर्ने एक निर्माण व्यवसायी सँग २ अर्ब २२ लाख रुपैयाँ मा दुई महिनाभित्र निर्माण सम्पन्न गर्न २०७८ असार ३ गते सम्झौता समेत गरी सकेको छ । दुई महिना भित्र होल्डिङ सेन्टरको निर्माण गरिसक्नु पर्ने भएको भएता पनि १३ महिना बिती सक्दा पनि तयार भइसकेका छैनन् ।

तर पनि निर्माण कार्य पुरा नहु्ँदै नेपाली सेनाले भने निर्माण व्यवसायीलाई २०७९ जेठ १९ सम्म १ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ भुक्तानी गरिसकेको पाईएकोछ।

‘निर्मााण कार्यको लागी भने व्यवसायीसँग भएको सम्झौतामा तोकिएको अवधिमा कार्य सम्पन्न नभए म्याद थप नगरिने उल्लेख गरिएछ । सम्झौता मितिले दुई महिनाभित्र २०७८ भदौ २ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेमा कार्य पुरा नभएपछी २०७८ चैत मासन्त सम्मको लागी म्याद थप गरिएको भएता पनि अझै निर्माण कार्य सम्पन्न भएको छैन । सम्झौतामा उल्लेख सर्त अनुसार कार्य पुरा नभएपछी महालेखा परीक्षकको कार्यालयले गएको साता सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा होल्डिङ सेन्टर निर्माण कार्यमा अनियमितता भएको ठहर गरेको हो ।

सेनाले पटक पटक म्याद थप गरि दिँदा पनि निर्माण व्यवसायीले होल्डिङ सेन्टर निर्माण कार्य सम्पन्न गर्न सकेका छैनन् ।

महालेखाले प्रतिवेदनमा सम्झौता भए बमोजिम निर्माण व्यवसायीले जमुनाह र काठमाडौंमा निर्माण स्थल अभावको कारण काम गर्न नपाएको भनी उल्लेख गरेको छ । बेलहियामा भने निर्माण गर्न सम्झौता नै हालसम्म नगरिएको महालेखाले जनाएको छ ।

‘त्यस्तै होल्डिङ सेन्टर सबै प्रदेशमा निर्माण गर्नुपर्ने र फरक फरक भौगोलिक क्षेत्रको अवस्थामा एउटै निर्माण व्यवसायी छनौट भएकोले पनि समयमा निर्माण सम्पन्न गरेको छैन,’ महालेखाले प्रतिवेदनमा स्पष्ट शब्दमा भनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस