आज:  | Tue, 18, Feb, 2025

धादिङका ८ जना उम्मेदवारले गरे उम्मेदवारी फिर्ता

२७ आश्विन २०७९, बिहीबार ०८:४७ मा प्रकाशित ( २ साल अघि) १९५३ पटक पढिएको
नारी बाटिका


धादिङ – आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारी दिएका धादिङका ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार  जिल्ला निर्वाचन कार्यालय धादिङमा गएर प्रतिनिधि सभा क्षेत्र नं १ बाट उम्मेदवारी दिएका ३ जना र प्रतिनिधि सभा क्षेत्र नं २ बाट उम्मेदवारी दिएका ५ जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिनिधी सभा क्षेत्र नं २ बाट नेपाली कांग्रेसका रमेश धमला, चक्र बहादुर शाही, राप्रपाका परशुराम तामाङ, नेकपा एमालेका धन बहादुर घले र नारायण प्रसाद पोखरेलले उम्मेदवारी फिर्ता लिएका हुन् ।
त्यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट अजय कुमार रिमाल, शालिग्राम अर्या र ज्ञानेन्द्र प्रसाद सिलवालले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यसैगरी निर्वाचन आयोगले बुधबार नै विभिन्न पद र क्षेत्रमा उम्मेदवारी दिएका ३१ जना स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिन्ह समेत प्रदान गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस