धादिङ,१४ पौष ।
धादिङ जिल्लाको सदरमुकाम धादिङ वेशीमा पहिलो पटक सहकारी बजारको शुभराम्भ गरिएको छ । सिएमडिपी र नेपाल सरकार प्रदेश सहकारी बिकास बोर्डको निर्णयमा कृषि ज्ञान केन्द्र धादिङ को भवन जिल्ला संघलाई भोगचलन गर्नको लागी मन्त्रालयबाट तोकी आएपछी सिएमडिपी र सहकारी बिकास बोर्डले उक्त पुरानो भवन मर्मत गरी फेनेसिङ सहितलाई ७१ लाख त्रियासी हजार रुपयाँ आर्थिक सहयोग उपलव्ध गराएको थियो । संघलाई चिस्यान (कुलिङ मेसिन),कृर्षकको खेतवारीबाट सामान खरिद र ढुवानी गर्नको लागी संघलाई गाडी खरिद गर्न १६ लाख आर्थिक सहयोग गरेको छ ।
तेस्तै सएमडिपी कै सहयोगमा विगत ३ वर्षदेखी संन्चालित तरकारी बजाच परियोजना अन्तर्रगत हाईवै साईटका १२ वटा सहरकारी छनौट गरी कार्यक्रम संन्चालन भैरहेको र उक्त प्रारभ्कि सहकारी लाई सवारी साधन समेत खरिद गरिदिएको छ । कृषि ज्ञान केन्द्र धादिङको पुरानो भएता पनि बलियो अवस्थामा रहेको उक्त भवन मर्मत संहार सम्न्न गरी सहकारी संघ धादिङको समन्वयमा जिल्ला स्तरीय सहकारी बजार संचालनमा ल्याएको हो । किसानले उत्पादन गरेका फलफूल, तरकारी र दूधजन्य वस्तुको विक्री मूल्य र उपभोक्ताले उपभोग गर्ने मूल्य बिचको अन्तर कम गराउन सहकारी बजार संचालनमा ल्याएको जनाएका् छ ।
धादिङको १३ वटै पालिकाभित्र उत्पादन भएको फलफूल, तरकारी र दूधजन्य वस्तुको जिल्ला सहकारी बजारबाट बिक्रि वितरण गरिने र अन्य स्थानमा पनि बजारीकरणको लागि सहजीकरण गर्ने लक्ष राखिएको जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्यले जानकारी दिनु भएको ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले जिल्ला सहकारी बजारको उद्घाटन गर्दै यस सहकारी बजार संचालनले कृषक र उपभोक्ता बीचको विचौलियाको अन्त्य हुनुको साथै कृषकले उत्पादन गरेका सामानमा किसानीले सही मुल्य पाउनुको साथै आस्थरमा बृद्धि हुने भएकोले यस सहकारी बजारको निरन्तरता दिन सक्नुपर्ने बताउनु भएको छ ।
तर ३ जना लेखा समिती र १५ जना सन्चालक समिती सदस्य रहेको जिल्ला संघको गतिविधीमा भने हरेक निर्णयमा अध्यक्षको एकाधिकार र आर्थिक आय व्ययको हिसाव कितव अध्यक्ष,कोषाध्यक्ष र कर्मचारी बाहेक संघको शेयर सदस्य त परै जावस लेखा र संन्चालकहरु लाई समेत जानकारी नगराउनुको साथै
भवन निर्माणमा उपभाक्ता समिती निर्माण गरिएको भएता पनि समितीलाई कुनै जिम्मेरी नदिई,सामान खरिदको लागी टेन्डर र कोटेशन माग नगरी बिना निर्णय अध्यक्ष र कर्मचारीको मिलेमतोमा भवन मर्मत खर्च भुक्तानी गिरिनुले संघको पादर्शितामा विगत देखी नै प्रश्न उठ्ने गरेको छ ।
धादिङ,१५ जेठ ।
गैसस महासंघ गैरसरकारी संघ संस्थामा कर, भ्याटका समस्या बढ्दै गएकोले समस्या समाधानका निमित्त प्रमुख जिल्ला अधिकारी समक्ष ग्यापन पत्र पेश गरिएको छ । आइतवार गैसस महासंघ धादिङ शाखाले राज्यले गैह्र सरकारी संस्था दर्ता प्रक्रिया र संन्चालन ऐन २०३४ को अधिनमा रही सो अन्तर्रगत संन्चालन हुने र मुनाफा रहित कार्य गर्ने संघ संस्थाहरुको कर, भ्याटका समस्या बढ्दै आएपछी समाधानको माग गर्दै जिल्ला प्रशाासन कार्यालय धादिङमा ज्ञायपन पत्र बुझाएको हो ।
राज्यको बिकासको लागी साँझेदारी,पहरेदाी र खबदारी गर्दै नेपालको भौतिक तथा सामाजिक बिकासमा महत्वपुर्ण योगदान गर्दै आइरहेको गैर सरकारी संघ संस्थाको पछिल्लो समयमा कर,भ्याट छुट हुने नियम कानुन् भएता पनि वर्षेनी नविकरण,कर चुक्ता, लगायतका काममा आन्तरिक राजास्व कार्यलय लगायतका निकायहरुबाट ढिला,सुस्ती,झन्झटिलो र नियम विवरित कर,भ्याट लिने जस्ता काम गरिरहेकाले जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत अर्थमन्त्रालयलाई मुनाफा रहित कार्य गर्ने संघ संस्थाहरुको कर, भ्याटको समस्या समाधानको माग गर्दै ध्यानआकर्षण पत्र बुझााएको हो ।
नेपाल सरकारका आन्तरिक राजस्व कार्यालय हरुबाट सामाजिक संस्थाहरुले प्राप्त गरेको सरकारी,स्वदेशी तथा वैदेशिक सहयोग अनुदानमा भ्याट लगाउने र संस्थाहरुको आर्थिक वर्षको अन्तिम मौजदातलाई नाफा भनी आयकर समेत लिने गरि पत्राचार गर्दै नागरिक संघ संगठन माथि घुमाउरो पाराले प्रतिबन्ध लगाउन खोजेको र नेपाली नागरिक संघ संस्थालाई बन्द गर्न खोजेको सरकारको मनोवृती प्रति गैरसरकारी संस्था महासंघ नेपालकोको गम्भीर ध्यानाकर्षण समेत भएको छ ।
तर २०३४ अन्तर्रगत सामाजिक सेवामा कार्य गर्ने मठ,मििन्दर तथा गैससहरु मुनाफारहित कार्य गर्ने सामाजिक संघसंस्थाको अनुदानमा कर नलाग्ने विश्वव्यापी र नेपाल सरकारको मान्यता अनुसार सरकारको नीति नियम भित्र रही सरकारको सहयोगी हातको रुपमा लिनु पर्नेमा उल्टै सरकारले बिना स्वार्थ,बिना पारिश्रमिक समाज र देशको हितमा स्वयंसेवक भएर विपत्ती परेको समयमा सक्दो सहयोग गर्ने गरेका संघसस्थाहरुलाई सरकारले नकारात्मक दृष्टीकोणले हेरेको आभाष भएको महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीले वताउनु भयो ।
त्यस्तै असहाय तथा पछाडि परेका वर्ग समुदायको उत्थानका लागि कार्य गर्ने सामाजिक संघ संस्थाहरुले प्राप्त गरेको अनुदान रकममा लगाएको कर÷भ्याटको समस्या हल गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।साथै मुनाफा रहित सामाजिक संघ संस्थाहरु भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गरि समस्याको समाधान गनु पर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
धादिङ, १५ शोमवार जेठ ।
वैशाख २८ गते वेलुकी धादिङको गल्छि गाउँपालिका–८ मा भएको चक्कु प्रहारबाट मारिएका विनोद थापा मगरको हत्यामा संलग्न तीनै जनालाई आजिवन जेल सजायको माग राख्दै आफन्त र स्थानीयहरुले धादिङबेशीप्रदको जिल्ला प्रशासन कार्यलय अगाडी आइतवार प्रदर्शन गरेका छन् ।
हत्यामा संलग्न भएको आरोपमा गल्छिकै शानदार होटलका सञ्चालिका सरस्वती पनेरु पण्डित, उनका छोरा निरज पण्डित र पाल्पा तानसेन नगरपालिका १४ घरभई हाल गल्छी– ८ बस्दै आएका किरण रानालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
वेलुकीपख होटलमा खाजा खान गएका विनोदको शरिरै भरी छुरा प्रहार क्रुर हत्यामा संलग्नलाई भएकालाई आजिवन जेल सजायको माग राख्दै स्थानीयवासी सहितले धादिङबेशी स्थित जिल्ला प्रशासन कार्यलय अगाडी पिडितका लागी न्याय माग्दै प्रदर्शन गरेका हुन् ।
क्रुर तरिकाबाट थापाको हत्यामा संलग्न तीनै जनामाथि अनुसन्धान जारी छ । अनुसन्धानको क्रममा पिडकहरुले प्रहरी प्रशासन र अदालत समेत आफ्नो पक्षमा पार्न सक्छन् हुन पनि नेपालको पछिल्लो हेर्ने हो भने कयौं फौजदारीका अपराधीहरु कहिले माफी कहिले के वहानामा जुट्ने गरेकाले यस घटनामा पनि पिडकको पक्षमा बाल्न चलखेल भइरहेको भन्ने हल्ला चल्न थालेको छ भन्दछन् पिडित पक्षहरु ।
पिडितहरुलाई केही आशंका भएकोले दबाब स्वरुप प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाइएको गल्छि गाउँपालिकाका– ८ का वडा अध्यक्ष विशाल लुङ्गेली मगरले बताउनु भयो । शरिरको विभिन्न भागमा धारिलो हतियार तथा छुरा प्रहार गरी बैशाख २८ गते राति विनोद थापामगरको विभत्स हत्या गरेका थिए ।
पिडितका आफन्तहरुले हत्यामा संलग्न भएको आरोपमा प्रहरी अनुसन्धानमा रहेका होटल संचालक पण्डित, उनका छोरा निरज माथि मानव बेचविखन तथा ओसारपसार र देहव्यापारको अभियोगमा पनि मुद्धा दर्ता गराएका छन् । नेपाल मगर संघको अगुवाइमा ध्यानाकर्षण तथा दबाब कार्यक्रम गरिएको हो । हत्यामा संलग्न तीनै जनालाई आजिवन जेल सजायको माग राख्दै प्रदर्शन गरी ज्ञापन पत्र बुझाएका हुन् ।
पिडितका न्यायका निमित्त प्रदर्शन टोलीका प्रतिनिधहरुको ज्ञापन पत्र बुझ्दै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले घटना भए लगत्तैदेखि आफुले नजिकबाट बुझिरहेको बताउदै घटनामा संलग्नहरुलाई नेपालको कानुन अनुसार कडा भन्दा कडा कार्वाही हुने कुरामा ढुक्क हुनोस् भन्दै आस्वासन समेत दिनु भएको छ ।
काठमाण्डौं १४ जेठ आइतवार ।
घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा नेपाल तेस्रो स्थानमा आउन सफल भएको छ। नेपालले उज्वेकिस्तान विरुद्ध ३(१ सेटको जित निकालेको हो।
काठमाण्डौ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भइरहेको खेलमा पहिलो सेट २५(२० ले गुमाएको नेपालले दोस्रो सेट २५(१६ ले जितेर खेलमा फर्किएको थियो । त्यस्तै तेस्रो र चौथो सेट २५(१५ र २५(१३ मा जितेर नेपालले तेस्रो स्थान हाँशिल गर्न सफल भएको हो ।
काठमाडौं १४ जेठ आइतवार ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफुले भ्रष्टाचार गरेको प्रमाणित गरे एक मिनेट पनि नबसी आफले पदबाट राजीनामा दिने बताउनु भएको छ ।
पशुपतिनाथको ३१ रोपनी जग्गाको विभिन्न कार्यमा मन्त्री किरातीको चलखेल रहेको भन्ने विभिन्न सञ्चार माध्यममा समाचार प्रशारणमा आएपछि मन्त्री किरातीको यस्तो प्रष्टीकरण आएको हो। आफूले घुस नखाँदा र नखुवाउँदा आफुलाई नचाहिने आरोप प लगायर अन्य व्यक्ति बौलाउन थालेले भन्दै आक्रोश पोखेका छन्।
उनले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरेुुुर देखाउ म एक मिनेट पनि पदमा नबस्ने समेत घोषणा गरेका हुन्। त्यस्तै मन्त्री किरातीले आफुनो सामाजिक सञ्जाललमा लेखेका छन्( ‘मैले घुस नखाँदा र नखुवाउँदा पनि केही पापी मानिसहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला । भ्रष्टचारी भनी मलाई प्रमाणित गरेर देखाउ, म एक मिनेट पनि सत्ता र पदमा बस्दिन ।।।।
तस्विर ः सामाजिक संन्जाल बाट साभार गरिएको ।
जेठ १४ आइतवार ।
हुलाकका कर्मचारीबाट दुई करोड ठगी भएको आरोपमा बाराका निमित्त प्रमुख बलिराम प्रसाद कुर्मी पक्राउ परेका छन् । हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेकोमा सो खाताबाट करिब दुई करोड रकम ठगी गरेको उनी माथी उजुरी परेपछी कुर्मीलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले सार्वजनिक गर्नु भएको हो ।
पर्सा, बहुदारमाई गाउँपालिका–२ बस्ने कुर्मीले देवताल गाउँपालिका–४ टोल पिप्राढी निवासी ५५ वर्षीय प्रदीप कुमार चौधरीको खाताबाट ३५ लाख ५० हजार पाँच सय २६ र उहाँकी पत्नीको खाताबाट रु २१ लख ५३ हजार आठ सय ८५ गरी रु ५७ लाख चार हजार चार सय ११ हिनामिना गरेको पिडितहरुको आरोप छ।
निमित्त हुलाक प्रमुख कुर्मीले उनीहरु सहित १३ जना बचत कर्ताको रु एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ आफ्नो खातामा ट्रान्सफर गरी हुलाकको खाता शून्य बनाइ सो रकम हिनामिना गरेको आरोपमा महागढीमाई नगरपालिका–२ बरियापुरका ज्ञान प्रकाश रौनियार सहित १३ जनाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयले हुलाकका निमित्त प्रमुख कुर्मीमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रवक्ता पाण्डेयले बताउनु भएको हो ।
काठमाडौं १३ जेठ शरिवार ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।पछिल्लो २४ घण्टामा ४ सय १२ वटा स्वाब परीक्षण गरिएकामा थप पाँच जनामा संक्रमण पुष्टि भएको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
तर यस २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण देशभर कसैको पनि निधन भएको छैन भने चार जनालाई उपचार पछि डिस्चार्ज गरिएको जानकारी गराएको छ । मन्त्रालयका अनुसार हाल सम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ भने कोरोना सक्रमणबाट मुक्त हुनेको संख्या भने नौ लाख ९१ हजार २५९ पुगेको जनाएको छ ।
धादिङ १३ जेठ शनिवार ।
नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाले शनिवार आयोजना गरेको एक कार्यक्रमकाबिच नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगरपालिकाको १४ वटै वडालाइ पुर्ण खोप युक्त वडा तथा पालिका घोषणा गर्नु भएको हो । नगरपालिकाद्वारा पालिकाको १ देखी १४ वटै वडालाई पुर्ण खोप युक्त वडा तथा पालिका घोषणा गरेको छ । निलकण्ठ नगरपालिका मेयर एव्ं नेपाल नगरपालिका महासंघका अध्यक्ष भिम प्रशाद ढुंगानाको अध्यक्ष्यतामा पुर्ण खोप युक्त वडा तथा पालिका घोषणा सभा कार्यक्रम सम्पन्न गरिएको हो ।
जिल्ला समन्वय समितीका उपप्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा नगरपालिकाका १४ वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।उक्त कार्यक्रममा बोल्नु हुंदै नगरपालिका प्रमुख भिम प्रशाद ढुंगानाले भन्नु भयो हामी भौतिक बिकासमा बढी ध्यान दिने गर्दथ्यौ ।
तर नागरिकका नैसर्गिक अधिकार भित्र पर्ने गुणस्तरिय शिक्षा,स्वास्थ्यमा विषेश ध्यान दिनु पर्ने रहेछ भन्ने उदेस्यले यस नगरपालिकाले मानविय बिकास र भौतिक बिकासलाई संघसगै काम गरिरहेका छौं यसै कारणले पनि आज हामी निलकण्ठ नगरपालिकाको १४ वडाका वालवालिकालाई आवश्यक खोप समयमै उपलव्ध गरायर, आज हामी पुर्ण खोप युक्त वडा तथा पालिका बनाउन सफल भएका छौं ।
यो नगरवासीको लागी खुशीको कुरा हो । यसको लागी सम्पुर्ण नगरपालिकाका स्वास्थ्यकर्मीहरु लगायत सरोकाररवालाहरुमा धन्यवाद दिन चाहान्छु । नगरपालिकाले नागरिकका स्वास्थ्यमा विषेश चासोका साथ सेवा प्रभाह गर्न स्वास्थ्यकर्मीलाई आग्रह पनि गर्नु भएको छ ।
यस्तै नगरपालिकाभित्र नयाँ जन्मने वालवालिकालाई समयमै खोप उपलव्ध गराउन आफु प्रतिबद्ध रहेको घोषणा समेत गर्नु भयो ।उक्त कार्यक्रममा कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा,सहायक प्रमुख जिल्ला अधिकारी,स्वास्थ्य विभागका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
त्यसैगरी कार्यक्रममा धादिङ अस्पतालका प्रमुख,जिल्ला स्वास्थ्य कार्यलयका स्वास्थ्य प्रमुख,निलकण्ठ नगरपापालिका अन्तर्रगतका स्वास्थ्य इकाइहरु,खोप केन्द्रन्का स्वास्थ्यकर्मीहरु,स्वास्थ्य स्वयंसेविकाहरु, गैसस महासंघका उपाध्यक्ष,नगरपालिकाका कर्मचारीहर,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
नगरपालिका स्वास्थ्य कर्मी शिवरानोc संन्चालन गर्नु भएको उक्त कार्यक्रममा नीलकण्ठ नगरपालिका भित्र रहेका १६ महिनादेखी २३ महिना सम्मका ११ सय २१ जना बालबालिकाले पुर्णखोप पाइसकेको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनु भयो ।
त्यस्तै उक्त घोषणा सभा कार्यक्रम नगरपालिकाका १४ वटै वडाका वडाध्यक्षहरुलाई वडाभित्रका वालवालिकाशरुलाई समयमै खोप उपलव्ध गरायर कार्यक्रम प्रभावकारी रुपमा संन्चालन गर्नको लागिपरेकोले पुर्ण खोप नगरपालिका घोषणा गर्न सफल भएकोमा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
धादिङ १३ जेठ सुक्रवार ।
देशभर नै कृर्षकको वालीमा बाँदरले क्षति पुर्याउदै किसानलाई मर्का परिरहेको वेला धादिङमा पनि बाँदरले किसानीको वालीमा निकै क्षति पुर्याउने क्रम तिव्र बन्दै गएपछी मकै घाँसको माला गलामा लगाइ धादिङका किसानहरु आन्दोलनमा उत्रिएका छन् । सुक्रवार धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–९ का किसानहरु खेतवारीमा छरिएको मकै बाँदरले दिन प्रतिदिन उखेलेर फालिदिने,फल लागेको अबस्थामा सवै खाईदिने लगायतका समस्याले तिव्र बनाउन थालिएपछी गाउँभरीका किसानहरु भेला भई आन्दोलनमा उत्रिएका हुन् ।
नेपालका ग्रामिण भेगमा वसोवास गर्ने अधिकाँश मानिसहरु कृर्षी पेशामै निर्भर रहेका हुन्छन् । सवै परिवार कृषिमा निर्भर छन् । तर सम्पत्तिको नाममा भएको जग्गा जमिनमा लगाएको खेती पनि खानेबेला नहुदै बाँदरले सखाप पारेपछि ढुंगा खाउँ कि माटो खाउँ भएको बताउने गर्दछन् ।‘मकैमा चमरा पनि लाग्ने गर्दछ । तर एउटै बोट बाँकी नहुने गरी बाँदरले सखाप बनायो भन्छन् किसानहरु ।
आन्दोलनमा उत्रिएका किसानहरु दुखेसो गर्दछन् , दुःख ग¥यो, मल हाल्यो खेती ग¥यो, हुर्कायो । आउला खाउँला, छाक टारौला भन्ने समयमा सवै वाली बाँदरले नष्ट गरिदिने पिरलो नेपालका अधिकाँश किसानीहरमा रहेको छ । तर बाँदरले मकै सखापै बनायो,’ नाराबाजी गर्दै गरेकी ५० वर्षिय मिश्रा श्रेष्ठले सुनाउनु भयो । बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ । मकै मात्र होइन, कुनै पनि कृषिजन्य उत्पादन बाँकी राखेको छैन । यो वर्ष पनि अनिकाल पर्ने भो, आउने ठाउँ छैन । कसरी छाक टार्ने र ज्यान बचाउने भन्ने चिन्ताले पिरोलेको छ ।’
बाँदर नियन्त्रणको माग गर्दै विगतका वर्षदेखि नै किसानहरुले आन्दोलनका कार्यक्रमहरु गर्दै आएका हुन् । यो वर्ष पनि बाँदरले नाश गरेको मकैको बोटकै माला लगाएर किसानहरु सदरमुकाम धादिङबेशीमा रहेका सरकारी कार्यालयहरुको गेट गेटमै नारा लगाउदै हिडेका हुन् । सोहि ¥यालीमा भेटिएका ८३ वर्षिय तुलबहादुर लम्साल बाँदरले पु¥याएको क्षति र बाँदर नियन्त्रणको लागि माग राखेको बताउनुहुन्छ । करिव १५ रोपनी जग्गाको कृषिजन्य उत्पादनले चुलोमा आगो बलेको हो । उहाँ भन्नुहुन्छ,–
‘किसानहर दुखेसो गर्छन् । बाँदर लेखेट्न गयो उल्टै बाँदरले नै मान्छेलाई लेखेट्छ । गाउँमा सबैको मकै खेती तथा फलफुल खेती बाँदरले सखापै बनायो । विउ विजन, मल पनि बेलामा पाइदैन । जिनोतिनो भएको बाली पनि बाँदरले खाइदिन्छ । किसान जता पनि मर्कामा पर्नुपर्ने, हाम्रो न जाँगिर, न त पेन्सन छ । के खाएर बाँच्नु ।’
बाँदले उखाली फालिदिएका मकैको बोटका माला लगाएर राना लगाउँदै स्थानीय सरकारदेखि प्रदेश, संघ र कृषि क्षेत्रमा काम गर्ने सरकारी निकायले पनि बेवास्ता गरेको बताएका छन् । विगत ३÷४ वर्षदेखि बाँदर आतंकको बारेमा सबैलाई जानकारी दिइएको हो । उहाँहरु भन्नुहुन्छ,– ‘अहिलेसम्म कुनै पहलकदमी भएन । अरुको पेट भर्न कृषिजन्य उत्पादन गर्ने किसान आफै भोकै बस्नु पर्ने दिन आयो । ५÷६ सयको हुल भएर एकै चोटी बाँदर आउँछ । न धपाउन सक्नु न खेतबारी बाँझै राख्नु । खेतबारी बाँझो राख्न नपाउने भन्ने सरकार किसानले गरेको खेती नाश भैरहदा किन बोल्दैन,’आन्दोलित किसानहरुको प्रश्न रहेको छ।
खेतबारीको अन्नबाली बाँदरले खाइदिने र नाश गर्न थालेपछि किसान आजित भएका हुन् । बाँदर आतंकले हैरान बनेका किसानहरुले नाश गरेको मकै, नासपाति, अम्बा लगायतका फलफुल प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् । कृषि मन्त्रीको राजीनामा, बाँदरले पु¥याएको क्षतिको क्षतिपूर्तिको माग, किसानले लगाएको खेती उब्जनी नभए अरुले पनि के खाने जस्ता कुरामा ध्यानाकर्षण गर्दै किसानहरुले नाराबाजी गरेका हुन् । धादिङको नीलकण्ठ नगरपालिका लगायत अन्य पालिकामा पनि बाँदरले किसानको कृषिजन्य उत्पादनमा निकै ठुलै क्षति पु¥याउदै आएको छ ।
आफ्ना वडाका किसानहरु मकै बोटको माला लगाइ आन्दोनमा उत्रिएपछी बाँदर नियन्त्रणमा पहल गर्ने नीलकण्ठ नगरपालिका– ९ का वडा अध्यक्ष राजन बराइलीले बताउनु भएको छ । पाल्पाभञ्याङ, भालुभञ्याङ, निगालपानी लगायतका क्षेत्रमा बाँदरको आतंक निकै छ । यो विगत लामो समय देखिको समस्या हो । गत वर्षहरुमा पनि नियन्त्रणका लागी प्रयास भएको हो । कार्यपालिकाको बैठकमा यो कुरा उठाउँने छौं । कसरी व्यवस्थापन गर्न सकिन्छ, छलफल गरेर निचोड निकाल्ने उहाँले बताउनु भएको छ ।
‘किसानले लगाएको खेती बाँदरले नाश गर्दा किसान मर्कामा छन् । तत्काल किसानलाई क्षतिपूर्ति दिन र बाँदर नियन्त्रण गर्न सक्ने क्षमता वडा कार्यलय सँग छैन । वडामा तेस्तो ठुलो बजेट पनि हुदैन । तर तपाँइहरुको समस्या बुझेका छौँ ।देखेका छौँ । त्येसैले यो समस्या समाधान कसरी गर्न सकिन्छ भनेर हामी भन्दा माथिल्लो निकायसँग समन्वय गरी माग राख्नेछौ,’ वडा अध्यक्ष बराइलीले भन्नु भयो ।
नारी वाटिका समचारका लागी
सवाददाता भगवती उप्रेती
काठमाडौँ — १२ जेठ सुक्रवार ।
भनिन्छ नी,काम हुने(सप्रने)घरको सल्ला बढी । काम नहुने(बिग्रने )घरको हल्ला बढी भने झैँ । फेरी आजको संसद बैठकमा नयाँ विषयले खैलावैला मच्चियो । नेकपा एमालेका अध्यक्ष एव्ं पुर्व प्रधानमन्त्रि केपी शर्मा वलीको नेतृत्वमा बनेको तत्कालिन वली सरकारको पालमा बनेको पशुपतिनाथको जलहरीमा पित्तल लगाइएको घटना नौलो भने होइन नै यस विषयमा पहिला पनि महाँलेखा परिक्षकको कार्यलयले तयार गरेका प्रतिवेदनमा समेत प्रश्न उठाएको विषय हो . तर फेरी २०८० साल जेठ १२ गते बसेको संसद बैठकमा यस बारे ठुलै खैला बैला मच्चिएको हो ।
आज बसेको संसददिय बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसद्मा पशुपतिनाथको जलहरीमा पित्तल लगाइएको घटनाबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु भएको थियो । आज शुक्रबारको संसद् बैठकमा आफूले यसबारे प्रश्न उठाउँदा संसदीय मर्यादा उल्लंघन नभएको उनको भनाइ पनि रहेको थियो ।
सांसद दाहालले यसबारे प्रश्न उठाउँदा नेकपा एमालेका सांसदहरूले उफ्रिएर आपत्ति जनाउँदै संसद् भवनमा ठुलै खैलावैला गर्दै बैठक नै अवरुद्ध पारेका थिए । सांसद दाहालले भने बरु एमाले अध्यक्ष केपी ओलीले नै संसद्मा बोल्दा संसदीय मर्यादा उल्लंघन गर्ने गरेको आरोप लगाउनु भएको छ । संसद् अवरुद्ध भएपछि पत्रकारहरू सँग बोल्दै सांसद दाहालले यस्तो प्रतिक्रिया दिनु भएको हो ।
सांसद दाहालले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै एमालेले आपत्ति जनाएकोमा जवाफ दिँदै सांसद दाहाल भन्नु हुन्छ ,बरु केपी ओलीज्यूले नै २ घण्टाको अभिव्यक्तिमा हरेक ५ मिनेटमा संसदीय मर्यादा उल्लंघन गर्ने काम गर्नु भएको छ ।
मैले प्रश्न उठाउँदा व्यक्ति माथि किटान गरेको छैन । तत्कालीन प्रधानमन्त्रीको रुपमा केपी ओलीज्यूले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ भनेको मात्रै त हुँ । संसदीय छानबिन समिति गठन गरौं न त । त्यो सुन कसले खायो रु उहाँहरूले आपत्ति जनाउनु पर्ने कुनै आधार नै छैन, सांसद दाहालले भन्नु हुन्छ, उहाँको सरकारको पालामा भएका भ्रष्टाचारका घटनाको छानबिन गरौं भनेर फहरिस्त बुझाउने क्रममा मैले कुरा उठाएको त हुँ । पशुपतिको जलहरी लगाउँदा भएको अनियमितताको पनि प्रसंग उठाएको हुँ नी ।
साथै उक्त योजना माथि पहिले नै मुद्दा परेको स्मरण गराउँदै सांसद दाहालले त्यस क्रममा ११ किलो सुन नभेटिएको दाबी समेत गर्नु भएको छ। संसद्मा दाहालले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्ने भन्दै एमालेका सवैजना उठेर ठुलै खैला वैला गर्दै सांसदहरूले नाराबाजी गर्दै विरोध जनाएका हुन् ।
धादिङ ११ जेठ विहिवार ।
गैर सरकारी संस्था (गैसस) महाँसंघ धादिङद्वारा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ । धादिङ जिल्लामा केही दिन अगाडी मात्रै सरुवा भएर आउनु भएका जिल्ला प्रशासन कार्यलय धादिङ तथा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको थियो ।
जिल्लाका नागरिका सेवा र सुरक्षाको निमित्त खटिइ आउनु भएका प्रमुख जिल्ला अधिकारी बिच प्रमुख सरोकारवालासंग परिचय गराउने उदेस्यले जिल्ला प्रशासन कार्यलयद्धारा आयोजित कार्यक्रममा गैसस महाँसंघको तर्फबाट संघका अध्यक्ष शालिकराम दुवाडीले प्रमुख जिल्ला अधिकारी गैह्रे र सहयक प्रमुख जिल्ला अधिकारि हरि प्रसाद अधिकारिलाई दोसल्ला ओडायर स्वागत गरिएको हो ।
त्येसैगरी विगतमा जिल्लाको सामुदायिक बिकासमा गैर सरकारी संघ संस्थाहरुले पुरयाएको योगदानको बारेमा महाँसंघका अध्यक्ष शालिकराम दुवाडीले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा महाँसंघका उपाध्यक्ष एव्ं नारी जागरण केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेती,कोसक नेपालका प्रतिनिधी तथा महासंघका सदस्य राजेन्द्र श्रेष्ठ,आइसीडिसीका प्रतिनिधी बिनोद रिजाल, प्रयास नेपालका पुर्व अध्यक्ष उषा बिक,प्रतिनिधी इश्वरी कोइराला ,गैसस महासंघका सदस्य संगिता पाण्डे विसुराल,नेपाल रेडक्रस सोसाइटी धादिङका प्रतिनिधी नारायण कुमार श्रेष्ठ, धादिङ सोसियल भोलेन्टेयरका भेषराज ठकुरी ,अपागंता कल्याण संघ प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
जिल्लामा नव आगन्तुक गैह्रेलाई जिल्लाको सामाजिक बिकास तथा गैर सरकारी संघ संस्थाको गतिविधि र जिल्लामा प्राकृतिक विपत्तीमा सरकारी तथा गैर सरकारी क्षेत्रहरुबिच सहकार्य गरी विपत ब्यवस्थापनमा गर्नु पर्ने भुमिकाको बारेमा जानकारी गराएको थियो ।
यस्तै प्रमुख जिल्ला अधिकारि गैह्रेले धादिङ जिल्लामा रहेका बिकृती, बिसङगति, बर्खाको समयमा पर्न सक्ने विपत्ती र त्यसको व्यावस्थापन,सामाजिक सुशासन, विभिन्न दुर्घटना रोकथामका लागी दत्तचित्त भएर लाग्ने वताउनु भएको छ ।
त्यस्तै अबैध खानी उत्खनन अबैधानिक जस्ता क्रियाकलाप हरुलाई नियन्त्रणमा लिइने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै जिल्लाका सबै राजनितिक दल ,संघ संस्था,र निजी क्षेत्रहरुसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।
काठमाडौं १० जेठ वुधवार ।
पटक पटक नेपाली नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एव्ं सांसद रवि लामिछाने विरुद्धमा फेरी पनि मुद्दा दर्ता भएको छ । आज सर्वोच्च अदालतमा मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका दिन सुनुवाइको मिति तोकिएको छ ।
सभापती लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै सिन्धुलीका युवराज पौडेलले मुद्दा दायर गरेका हुन् । रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको समेत दाबी गरिएको छ ।
पौडेलले दायर गरेका रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदा सम्म लामिछानेलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रूपमा कार्य गर्न रोक लगाउन माग पनि गरिएको छ ।
लामिछानेले पुनः बनेपाली नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा नागरिकताको प्रतिलिपी लिएको रिट निवेदनमा जिकिर गरिएको छ। सोही प्रतिलिपिका आधारमा लामिछाने चितवन २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको जिकिर पनि गरिएको छ ।
काठमाडौं १० जेठ वुधवार ।
नेपाली कांग्रेसका महामन्त्री एव्ं सांसद गगन कुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम जोडिएका जति सबैको छानबिन गरी गल्तिी देखिएका सवैलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गर्नु भएको छ ।
आज बसेको प्रतिनिध सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८० । २०८१ को लागी नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसद थापाले भ्रष्टाचारको अन्त्य र देशमा सुशासन कायम गर्नको निम्ति नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैलाई छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने उहाँको माग रहेको छ ।
प्रधानमन्त्री दाहालको ‘भिजन’अनुरुप नीति तथा कार्यक्रम आउन नसकेको बताउँदै सरकारले भूमि बैंकको अवधारणा ल्याउनु पर्नेमा जोड दिनु भयो । गुणस्तरीय शिक्षा र नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउन सक्ने अवस्थाको सिर्जना गर्ने हो भने नेपालमा भ्रष्टाचार अन्त्य गर्न केही सहयोग पुग्ने पनि उहाँको तर्क छ ।
त्यस्तै नेकपा एमालेका नेता तथा सांसद गोकर्ण विष्टले सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि आएका सुझावलाई समावेश गर्ने परम्पराको थालनी गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले आर्थिक वृद्धिका लागि मुलुकको अर्थ तन्त्रलाई टालटुल गर्ने भन्दा पनि संरचना गत रुपमा सुधार गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
त्यस्तै सांसद पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम माथि सांसदहरुले दिएका सुझावलाई समावेश गर्नु पर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, “सरकारले ल्याएको नीति तथा कार्यक्रममा मेरो समर्थन छ, भैरहवा–पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल गर्ने, तथा ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’भन्ने नारालाई व्यवहारिक रुपमा कार्यन्वयन गर्ने गरी व्यवस्थापन गर्नु पर्छ भन्ने विचार व्यक्त गर्नु भएको थियो । सरकारले ऐन÷कानुन निर्माण गर्ने क्रममा सङ्घीयता कार्यान्वयन गर्ने गरी निर्माण गर्नु पर्ने उहाँको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एव्ं सांसद रवि लामिछानेले नीति तथा कार्यक्रममा मुलुकको वर्तमान अवस्थाको गम्विर समिक्षा गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “आर्थिक वृद्धि अत्यन्त न्यून हुने अवस्था सिर्जना भएको पछिल्लो तथ्यलाई आत्मसाथ गरेर मात्रै आगामी वर्षको नीति तथा कार्यक्रम बन्नु पथ्र्यो ।”
राजनीति र प्रशासनको उच्च तहको मिलेमतो र संरक्षणमै ठूला ठूला भ्रष्टाचार भइरहेको बताउँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले पनि पैसाको चलखेल भइरहेको दाबी गर्नु भयो ।
लामिछानेले भन्नु हुन्छ “विदेशमा रहेका युवा र दक्ष जनशक्तिलाई नेपालको आर्थिक विकासमा जोड्ने स्पष्ट नीति सरकारको नीति तथा कार्यक्रममा देखिएको छैन, वैदेशिक रोजगारीमा गएका युवालाई फर्किन मन लाग्ने नीति तथा कार्यक्रम ल्याउनु पर्ने थियो ।”
श्री नारी सञ्चार प्रा.लि. द्धारा सञ्चालित
NariBatika.com का लागि
कम्पनि दर्ता नं.: २६६२९३/०७८/०७९
पान नं.: ६१००३९६८९
सूचना विभाग दर्ता नंः २९११-२०७८/०७९
प्रेस काउन्सिल दर्ता नं. १८६
निलकन्ठ-३, मिलनटोल धादिङ्ग
सम्पर्क:-
ईमेल:- [email protected] [email protected] [email protected]
वेब ठेगाना:- naribatika.com
प्रतिक्रिया दिनुहोस