आज:  | Thu, 16, May, 2024

अन्तराष्ट्रिय धादिङ समाजद्वारा ५३ घरधुरीका बालबालिकाहरुलाई छात्रावृर्ती सहयोग ।

९ फाल्गुन २०७९, मंगलवार १०:०६ मा प्रकाशित ( १ साल अघि) ३३५ पाठक संख्या
नारी बाटिका


अन्तराष्ट्रिय धादिङ समाजद्वारा ५३ घरधुरीका बालबालिकाहरुलाई छात्रावृर्ती सहयोग ।

धादिङ, ९ फागुन मंगलवार

अन्तराष्ट्रिय धादिङ समाजले जिल्ला बाट वैदेशिक रोजगारीमा गई समस्यामा परेका परिवारका ५३ घरधुरीका बालबालिकाहरुलाई छात्रावृर्ती सहयोग गरेको छ ।

शोमवार धादिङवेशीमा आयाजित कार्यक्रममा जिल्लाका विपन्न तथा वैदेशिक रोजगारीमा गई भवितव्यमा परेका तथा विभिन्न कारणले समस्यामा परी विदेश जाँदा लागेको खर्च समेत उठाउन नसेकाका परिवारका बालबालिकाहरुको पठनपाठमा सहयोग पुगोस भन्ने मुख्य उद्दस्येले छात्रावृर्ती सहयोग गरिएको हो ।

विश्वको विभिन्न देशमा रोजगारीको सिलसिलामा छरिएर रहेका धादिङका नागरिकहरु बाट स्थापित धादिङ समाजद्धारा विगत २०७४ सालदेखी नै स्वास्थ्य,शिक्षा,कोरोना भाईरस प्रभावितका लागी औषधी उपचार र स्वास्थ्य सामाग्री सहयोग गरी सामाजिक कार्यहरुमा सक्रिय हुंदै आईरहेको छ ।

तेस्तै अन्तराष्ट्रिय धादिङ समाजको नाउबाट संस्था स्थापना गरी जिल्लाका विपन्न परिवारका ५३ घरधुरीका सरकारी तथा निजी विध्यालयमा अध्ययरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच पोशाक लगायत शैक्षिक सामाग्री वितरण गरिएको हो ।

समाजका अध्यक्ष राजन खकुरालको संयोजत्वमा  विदेशी भुमिमा श्रम गरिरहेका धादिङ समाजमा आवद्ध  पदाधिकारीहरु, सहयोगी भावना भएका धादिङ पुर्सुकका वौदिक व्यक्तित्व एवं समाजसेवी डिपी अर्याल बाट रु ,पचहत्तर हजार लगायत सहयोगी मन भएका व्यक्तिहरुले

व्यक्तिगत रुपमा गरिएको संकलित आर्थिक सहयोगबाट जिल्ला भरका ५३ जना बालबालिकालाई शौक्षिक सामाग्री वितरण गरिएको थियो ।

यसैगरी कार्यक्रममा नीलकण्ठ नगरपालिकाका सुरक्षित आप्रवास सामी कार्यक्रमका कार्यक्रम संयोजक दिनेश दुवाडीले बैदेशिक रोजगारको वर्तमान अवस्था,चुनौती र नीलकण्ठ नगरपालिकाले बैदेशिक रोजगारको क्षेत्रमा गरेको कामको बिषयमा जानकारी गराउनु भएको थियो ।

वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका,ठगिमा परेका,बेपत्ता भएका र विपन्न दलित परिवारका बालबालिकाहरुको पहिचान गरी विद्यालय पोषाक,ब्याग,कपी,तथा स्टेश्नरी लगायतका सामाग्री वितरण गरिएको हो।

धादिङ जिल्लाबाट वैदेशिक रोजगारमा गई विभिन्न पेसा तथा व्यवसाय गर्ने धादिङ्गेलीहरुले जिल्लामा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आईरहेका छन्।अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालको संयोजकत्वमा डा अर्जुन अर्याल र सामाजको साझेदारीमा छात्रावृर्ती तथा शैक्षिक सामाग्री वितरण गरीएको हो ।

तेस्तै समाजका अधिकांश कार्यसमितीका पदाधिकारहिरु विभिन्न देशमा रोजगारीको सिलसिलामा रहेको कारण नेपालमा रहेर संस्थाको व्यवस्थापनमा सक्रिय भुमिका खेल्दै आउनु भएका सचिव राजेन्द्र थपलियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी  रमेश  ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

सोही कार्यक्रमको अबसरमा  जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर केही दिन अघी मात्रै नव आगन्तुक रमेश ढकाल,जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख गौतम मिश्र,राष्ट्रिय अनुसन्धान धादिङका प्रमुख सुसान्त वराललाई कार्यक्रमका सभाध्यक्ष राजेन्द्र थपलियाबाट खादा लगायर सफल कार्यकालको शुभकामना व्यक्ति गर्दै स्वागत गरिएको थियो ।

साथै  कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्र,राष्ट्रिय अनुसन्धान जिल्ला शाखा धादिङका प्रमुख सुसान्त बराल, नीलकण्ठ नगरपालिकाका श्रोत व्यक्ति मेघनाथ कोईरालाको विशेष आतिथ्यता रहेको थियो ।

तेसैगरी नेपाल पत्रकार महासंघ धादिङका सभापति राजाराम शर्मा, गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडी,निलकण्ठ नगपालिका ३ नं.वडा प्रतिनिधी रोशन थापा,नेपाल मानवअधिकार संगठन धादिङका अध्यक्ष कृष्णराज अधिकारी,जिल्लाका सक्रिय रुपमा विभिन्न सन्चार माध्यममा कार्यरत संन्चारकमीहरु लगायतको आतिथ्यता रहेको थियो।

अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा भएको कार्यक्रममा सम्बोधन गर्नु हुदै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी रमेश ढकालले अन्तराष्ट्रिय धादिङ समाजले राम्रो काम गरेको भन्दै धन्यवाद व्यक्त गर्नु भएको छ।

बैदेशिक रोजगारीको कारण समस्यामा परेकाहरुलाई केहि राहत पुगेको भन्दै यस्तो पुण्यको कामलाई निरन्तरता दिनको लागि आग्रह समेत गर्नु भएको छ।जिल्लाबाट परदेशमा गई जन्मभुमि प्रति देखाएको मायाँप्रति प्रशंसा गर्दै ढकालले अन्तराष्ट्रिय धादिङ समाजले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनको लागी आग्रह गर्नु भयो।

यसैगरी गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीले समाजलाई पनि गैसस महासंघमा आवद्ध हुनको लागि आग्रह गर्नु भएको छ ।आगामी दिनमा पनि अन्तराष्ट्रिय धादिङ समाज सँग सहकार्य गर िकाम गर्ने र समाजले राम्रो काम गरेकोमा धन्यवाद दिनु भएको छ ।

साथै उक्त कार्यक्रममा जिल्लाका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत १८ वर्ष मुनीका ५३ घरधुरीका बालबालिका र उनका अभिभावक समेतको उल्लेखनिय सहगागीता रहेको थियो ।

समाजका कोषाध्यक्ष भगवती  उप्रेती बाट संन्चालन भएको कार्यक्रममा स.कोषाध्यक्ष राम कुमार थापाबाट स्वागत मन्तव्य,राख्नु भएको थियो भने कार्य समिती सदस्य राजेश्वर बस्नेत बाट धादिङ समाज र उक्त कार्यक्रमको मुख्य उद्दस्य माथी प्रकाश पार्नु भएको थियो ।

तेसैगरी कार्यक्रमको ब्यवस्थापन सहयात्री संस्था नारी जागरण केन्द्रको ब्यवस्थापनमा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस