आज:  | Sat, 20, Apr, 2024

आज विश्व उपभोक्ता अधिकार दिवस ,तर उपभोक्ताले वस्तु तथा सेवा लिने क्रममा ठगी बढ्दो

१ चैत्र २०७९, बुधबार २०:१२ मा प्रकाशित ( १ साल अघि) ३११ पाठक संख्या
नारी बाटिका


आज विश्व उपभोक्ता अधिकार दिवस धादिङ सहित देशभर विभिन्न कार्यक्रम गरि मनाईयो

 

नारी वाटिका संवाददाता, १ चैत धादिङ

आज विश्व उपभोक्ता अधिकार दिवस धादिङ सहित देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार दिवस मनाउने गरिन्छ ।

त्यस्तै धादिङवेशीमा पनि आज विश्व उपभोक्ता अधिकार दिवस जनचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । उपभेक्ता अधिकार दिवसको अवसर पारेर धादिङ बेसी सिरानबजार बाट सचेतना मुलक र्यालीको आयोजना गरी मनाइएको हो । र्याली विहान ८ बजे सुरु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय,धादिङ,घरेलु तथा साना उद्योग कार्यलय धादिङको सयुक्तआयोजनामा उपभोक्ताहरुमा सचेतना जगाउने उद्दस्येले कार्यक्रमको आयोजना गरीएको हो । तर प्रत्यक वर्ष मार्च १५ मा उपभोक्ता दिवश मनाउदै गर्दा विहान वेलुकीको हातमुख जोर्नकै लागी ज्याला मजदुरी गरी खाने उपभोक्ता वर्गलाई भने यस अधिकारबाट संधै बञ्चित नै छन् ।

नेपालको संविधानको धारा ४४ ले ब्यवस्था गरिए अनुसार हरेक उपभोक्ता वर्गलाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तर हीन वस्तु, वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था गरिएकोलछ । यस्तै वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीति तथा दायित्व हुनेछ ।

त्यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावलीमा हरेक उपभोक्तालाई पहुँचको अधिकार, छनोटको अधिकार, सूचना र जानकारीको अधिकार लगाएत प्रत्याभूत गरिएको छ । तर, कानुनमा स्पष्ट व्यवस्था रहेको उपभोक्ता अधिकार र क्षतिपूर्ति भराउने व्यवस्थालाई भने कार्यान्वयन गरिने कुरामा फितलो छ ।

यहाँ त हुनेखाने ठुलावडा बजारमा सामान खरिद गर्न आएमा एउटा रेट, गरिव,सिधासाधा वर्गहरु ब्यवशायी कहाँ सामान वा कुनै वस्तु खरिद गर्न आएमा दोब्बर दरभाउ,लिने मात्रै नभई म्याद गुज्रिएका,सडेगलेका सामान दिने सम्मका व्यवहार गरिएका हाम्रो समाजमा थुप्रै उदारण छन् । तरपनि सरकारका सम्वन्धित निकाय मौन रहन्छन् । किनकी यहाँ धेरैजसो ब्यपारी,पुँजीपतीहरु,ठेकेदारहरु,हुनेखाने वर्गहरु जती ठुला राजनितिक दलको सम्रक्षणमा रहेका हुन्छन् ।

त्यसैले पनि उनिहरुका हातमा संविधानका धारा र कानुनले छुन सकेको देखिदैन । बजार, यातायात, विद्युत्, खानेपानी, बैङ्क तथा वित्तीय संस्था, खाद्यान्न लगायत वस्तु तथा सेवा लिने क्रममा ठगी बढ्दो छ ।

तीन तहका सरकार तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट बजारको व्यवस्थापन, अनुगमन र नियमन हुने भए पनि सक्रियता देखिदैन ।

सन् १९६२ को मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताका हित रक्षा नगरी अर्थतन्त्र बलियो हुँदैन र बजारमा उपभोक्ता सार्व भौम हुन सक्दैनन् भन्दै ‘बिल अफ राइट’ को घोषणा गर्नु भएको थियो ।

त्यसैको सम्झनामा मार्च १५ तारिखमा विश्वभर उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ । सन् २०१७ देखि संयुक्त राष्ट्र सङ्घले आफ्ना सदस्य देशलाई मार्च १३ देखि १७ तारिखसम्म विश्व उपभोक्ता अधिकार दिवस सप्ताहव्यापी रुपमा मनाउन आह्वान गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस