आज:  | Sat, 27, Jul, 2024

आजबाट हुने निःशुल्क स्वास्थ्य शिविरको तयारी पुरा, ः अहिले बिहान ९ बजेबाट विरामी जाँच

८ बैशाख २०८०, शुक्रबार ०७:३६ मा प्रकाशित ( १ साल अघि) ३७४ पाठक संख्या
नारी बाटिका


धादिङ, ८ बैशाख सुक्रवार ।

आजबाट सुरु हुने धादिङको ज्वालामुखी गाउँपालिका स्थित ढोला स्वास्थ्य चौकीमा हुने २ दिने निःशुल्क स्वास्थ्य शिविरको सवै तयारी पुरा भएको छ आयोजकले जनाएको छ ।

धादिङ जिल्लामा जन्मिएर विभिन्न देशमा रोजगारी र अध्ययनका लागि विश्वभर छरिएर रहेका धादिङका नागरिकहरुकोे व्यत्तिीmगत आर्थिक सहयोगमा साझा संस्था अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजानमा बैशाख ८ र ९ गते ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुन लागेको हो ।

यस निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा, महिला रोग विशेषज्ञ डा।सरिता सिटौला, दन्त रोग विशेषज्ञ डा।दिलिप प्रजापति, जनरल सर्जन डा। गरखनाथ मिश्र, जनरल फिजिसियन डा। अमरिश थापा ,प्रो।डा। सिताराम श्रेष्ठ विशेषज्ञ टोलिहरुले सेवा प्रदान गर्ने अन्तर्राष्ट्रिय धादिङ समाजका प्रवक्ता भिषेश लोहनीले जानकारी दिनु भएको छ ।

समाजले आफ्नो पहिलो फिजिकल ‘’निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर’’ को रुपमा,संचालन गर्न गइरहेको र त्यस क्षेत्रका धेरै विरामीहरुलाइ उपचारमा सहजता दिलाउने अपेक्षा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष,राजन खुकुरालले बताउनु भएको छ । यस अघि कोभिडको समयमा अन्तर्राष्ट्रिय धादिङ समाजले करिब ७०० जना भन्दा बढी बिरामी लाई डिजिटल हेल्थ शिबिर मार्फत सेवा प्रदान गरेको महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

नारी वाटिका डट्कमका लागी
संवाददाता भगवती उप्रेती

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस