आज:  | Thu, 18, Apr, 2024

गएराती बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प गयो क्षतिको विवरण भने आउन बाँकी

१५ बैशाख २०८०, शुक्रबार ०८:३० मा प्रकाशित ( ११ महिना अघि) २९१ पाठक संख्या
नारी बाटिका


बाजुरा १५ बैशाख

नारी बाटिका संवाददाता

गएराती बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प गयो क्षतिको विवरण भने आउन बाँकी रहेको छ । गएराती बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । केन्द्रका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो ।

केन्द्रले दिएको जानकारी अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र राती १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे अहिले विहान ७ः३० बजे सम्म एकिन हुन नसकेको बताइएको छ ।

यसअघि पनि गएको वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढी रहेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ

त्येस्तै २०७२ सालमा नेपालमा ठुलो धनजनको क्षति हनेगरी वैशाख १२ मा गएको मानवघाती भुकम्पले पुर्याएको मानवजाती र सम्पत्तीको हानी नोक्सानी अहिले सम्म पुरा हुन सकेको छैन । पछिल्लो समय नेपालमा मात्रै नभयर विश्वको धेरै देशमा भुकम्पको जोखिम बढ्दै गईरहेको छ । गएराती बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । केन्द्रका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो ।

केन्द्रले दिएको जानकारी अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र राती १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे अहिले विहान ७ः३० बजे सम्म एकिन हुन नसकेको बताइएको छ ।

यसअघि पनि गएको वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढी रहेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ

त्येस्तै २०७२ सालमा नेपालमा ठुलो धनजनको क्षति हनेगरी वैशाख १२ मा गएको मानवघाती भुकम्पले पुर्याएको मानवजाती र सम्पत्तीको हानी नोक्सानी अहिले सम्म पुरा हुन सकेको छैन । पछिल्लो समय नेपालमा मात्रै नभयर विश्वको धेरै देशमा भुकम्पको जोखिम बढ्दै गईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस