आज:  | Fri, 19, Apr, 2024

रास्वपालाई सरकारमा आउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह

१७ बैशाख २०८०, आईतवार १९:०० मा प्रकाशित ( ११ महिना अघि) १७७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ — १७ वैशाख आइतवार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा आउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आग्रह गर्नु भएको छ । आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री प्रचण्ड बीच भएको भेटवार्तामा उहाँले सरकारमा आउन आग्रह गर्नु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा आए गठबन्धनका तर्फबाट सहजीकरण गर्ने समेत बताउनु भएको रास्वपाका स्रोतले बताएका छन् । तर, सभापति रवि लामिछानेले भने तत्काल सरकारमा जाने की सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने विषयमा पार्टीको बैठकबाट आधिकारिक निर्णय गरेपछी मात्रै टुंगो लाग्ने जवाफ दिनु भएको रास्वपाका नेताहरूको भनाइ रहेको छ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन(२ बाट निर्वाचित लामिछाने नागरिकता विवादका कारण उनको उम्मेदवारी नै खारेज भएपछि संषदिय दलको नेतामा समेत डोर प्रशाद अर्याललाई चयन गरिएको थियो । यही वैशाख १० गते भएको उपनिर्वाचनबाट लामिछाने पुनस् चितवन(२ बाट विजयी हुनु भएको हो ।

स्वपालाई सरकारका आउन प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौँ — १७ वैशाख आइतवार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा) लाई सरकारमा आउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आग्रह गर्नु भएको छ । आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले र प्रधानमन्त्री प्रचण्ड बीच भएको भेटवार्तामा उहाँले सरकारमा आउन आग्रह गर्नु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा आए गठबन्धनका तर्फबाट सहजीकरण गर्ने समेत बताउनु भएको रास्वपाका स्रोतले बताएका छन् । तर, सभापति रवि लामिछानेले भने तत्काल सरकारमा जाने की सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने विषयमा पार्टीको बैठकबाट आधिकारिक निर्णय गरेपछी मात्रै टुंगो लाग्ने जवाफ दिनु भएको रास्वपाका नेताहरूको भनाइ रहेको छ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन(२ बाट निर्वाचित लामिछाने नागरिकता विवादका कारण उनको उम्मेदवारी नै खारेज भएपछि संषदिय दलको नेतामा समेत डोर प्रशाद अर्याललाई चयन गरिएको थियो । यही वैशाख १० गते भएको उपनिर्वाचनबाट लामिछाने पुनस् चितवन(२ बाट विजयी हुनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस