आज:  | Fri, 29, Mar, 2024

नेपाल सरकारको आम्दानी भन्दा साढे दुई खर्ब रुपैयाँले खर्च बढी

२ जेष्ठ २०८०, मंगलवार ०८:२८ मा प्रकाशित ( १0 महिना अघि) ७८८ पाठक संख्या
नारी बाटिका


काठमाडौं २ वैशाख मंगलवार ।

महालेखा नियन्त्रकको हालको तथ्याङ्क अनुसार नेपाल सरकारको आम्दानी भनदा खर्चको अवस्था बढ्दै छ । पछिल्लो समयमा नेपाल सरकारको आम्दानी खर्चको असन्तुलन बढ्दै गएको पाइएको हो । महालेखा नियन्त्रक कार्यालयको  चालू आर्थिक वर्षको गत वैशाख सम्मको तथ्याङ्क अनुसार सरकारको आम्दानी भन्दा खर्च दुई खर्ब ५० अर्ब रुपैयाँ नाघिसकेको देखिएको छ।

यो आर्थिक वर्ष सकिन दुई महीना मात्रै बाँकी हुँदा सरकारले राजस्व र अन्य स्रोत गरी सात खर्ब ९७ अर्ब रुपैयाँ मात्रै आम्दानी गरेको छ भने तर, खर्च १० खर्ब ४७ अर्ब रुपैयाँ नाघिसकेको प्रतिवेदमा उल्लेख गरिएको छ।

सरकारले गत वर्षको बचत तथा ऋण मार्फत खर्चको रकम भुक्तानी गरेको छ। तर, सयौं ठेक्कापट्टाका कार्यमा निर्माण व्यवसायीले काम सम्पन्न भइसक्दा पनि सरकारी खातामा रकम अभावका कारण भुक्तानी पाउन नसकेको गुनासो गर्दै आएका छन् ।

महालेखा नियन्त्रकको अनुसार वैशाख मसान्तसम्म सरकारले जम्मा सात खर्ब ५६ अर्ब रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको थियो । यो गत वर्षको यसै अवधिका तुलनामा १२ प्रतिशत कम हो। गत आर्थिक वर्षको वैशाखसम्म सरकारले आठ खर्ब ६६ अर्ब राजस्व सङ्कलन गरेको थियो। यो आर्थिक वर्षमा अघिल्लो वर्षको जति राजस्व सङ्कलन नहुने समेत प्रस्ट देखिएको छ।

यतिवेला सरकारको ढुकुटीमा पैसा छैन । सरकार आर्थिक रुपमा टाट पल्टिसकेको छ भन्ने चारैतिर हल्ला चलिरहेको वेला वास्तवमै सरकार घाटामा छ भन्ने यस प्रतिवेदनले स्पष्ट पारेको विज्ञहरु वताउँछन् । यस्तै विगत वर्षहरूमा यस्तो स्थिति देखापरेको थिएन । सरकारले यो वर्ष १४ खर्ब तीन अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो। तर, अहिले सम्म सङ्कलन भएको राजस्व लक्ष्यको तुलनामा करीब ५४ प्रतिशत मात्रै देखिएको हो।

बाँकी दुई महीनामा लक्ष्य अनुसारको बाँकी राजस्व सङ्कलन नहुने कुरा पनि स्प्रस्टै छ। माग खस्किएर आयात कम भएको तथा मुलुकमा आर्थिक क्रियाकलाप ओरालो लागेका कारण लक्ष्य अनुसार राजस्व सङ्कलन कम भएको सरकारी अधिकारीहरूले बताउँदै आएका छन्। आयात न्यून हुँदा सरकारको राजस्व आम्दानीको प्रमुख स्रोतका रूपमा रहेका भन्सार महसूल, मूल्य अभिवृद्धि कर, अन्त स्शुल्क आदि कम उठ्ने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस