आज:  | Fri, 26, Apr, 2024

रोकिएको नागरिकता विधेयक वर्तवान राष्ट्रपति रामचन्द्र पौडेलद्धारा आज प्रमाणीकरण गरियो

१७ जेष्ठ २०८०, बुधबार १९:१० मा प्रकाशित ( ११ महिना अघि) ४४६ पाठक संख्या
नारी बाटिका


काठमाडौं १७ जेठ वुधावर ।

पुर्व राष्ट्रपती भण्डारीबाट प्रमाणीकरण नभएर रोकिएको नागरिकता विधेयक वर्तवान राष्ट्रपति रामचन्द्र पौडेलद्धारा आज प्रमाणीकरण गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु भएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा ९२०, ९३०, ९४० र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम विधेयक प्रमाणीकरण गर्नु भएको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हालसम्म उक्त विधेयक ऐन बन्नका लागि प्रमाणीकरण नभएकाले विभिन्न अवस्था र स्थिति समेतलाई उल्लेख गरी सोही विधेयक प्रमाणीकरणका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको जेठ १२ गतेको निर्णयले उक्त विधेयक प्रमाणीकरण गर्न मन्त्रिपरिषद्को कार्यालयको पत्रबाट लेखी आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गत २०७९ साउन १५ गते प्रस्तुत नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको थियो ।

प्रतिनिधिसभाका तत्कालीन सभामुखबाट साउन १५ गते प्रमाणित गरी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि पेश भएको थियो । केही विषयमा ध्यानाकर्षण सहित पुनर्विचारका लागि सङ्घीय संसद्मा फिर्ता पठाउँदै ध्यानाकर्षण गराइएका विषयमा संघीय संसद्का दुवै सदनमा छलफल गरी प्रमाणीकरणका लागि पुनः भदौ २० गते राष्ट्रपति समक्ष पठाइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस