आज:  | Wed, 08, May, 2024

लम्पी रोग बढ्दै गएपछी ज्वालामुखी गाउँपालिकाले उपचारको लागि सम्पर्क गर्न आग्रह

१८ जेष्ठ २०८०, बिहीबार १९:५७ मा प्रकाशित ( ११ महिना अघि) ४९५ पाठक संख्या
नारी बाटिका


धादिङ १८ जेठ विहिवार ।

गाई भैंसीमा लम्पी स्किन डिजिज अथवा लम्पी रोग बढ्दै गएपछी ज्वालामुखी गाउँपालिकाले उपचारको लागि पालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । गाउँपालिकाले आज एक सुचना प्रकाशित गर्दै लम्पी स्किन डिजिज रोगको प्रकोप बढि रहेको हुनाले किसानीहरु लाई सम्पर्क गर्न आग्रह गरेको हो ।

गएको बैशाख २० गते पालिकाले पालिकाभित्र लम्पी स्किन डिजिज पशुचौपायमा देखिएको हुनाले गाई भैंसी ओसापसार गर्नमा समेत रोक लगाएको थियो । वडा नम्बर १ र २ ले पशु सेवा शाखाका कर्मचारी खिल कुमारी थापा तामाङ, वडा नम्बर २ र ३ अनिल श्रेष्ठ र ४ को लागि अशोक दुवाडीलाई सम्पर्क गर्न आग्रह गरिएको छ । लम्पी स्किन गाइवस्तुमा लाग्ने एक प्रकारको बिफोर जस्तै महामारीको रुपमा फैलिएको रोग हो ।

यो रोग विश्वमा पहिलो पटक सन् १९२९ मा अफ्रिकी मुलक जाम्बियामा देखिएको थियो ।नेपालमा पहिलो पटक २०७७ सालमा देखापरेको हो । यो संक्रमण हाल ४९ वटा जिल्लामा फैलिसकेको छ ।साथै यो रोग २०२२ मा पाकिस्तान र भारतमा समेत महामारीको रुपमा अत्याधिक रुपमा देखिएको थियो । नेपालमा पहिलो पटक २०७७ सालमा मोरङको सुन्दर हरैँचा नगरपालिकामा लम्की स्किन रोग देखा परेको हो ।

पशुचौपायमा यो रोग लाग्दा गाईभैसीमा उच्च ज्वरो आउने, शरीरको भित्री तथा बाहिरी भागमा गिर्खा गाठागुठी देखिने र उक्त गाठागुठीबाट पानी बग्ने तथा पाक्ने, पशु छटपटाउने र दुब्लाउदै जाने, दुध उत्पादनमा घट्दै जाने, पशुको,गर्भ तुहिने र मृत्यु समेत हुन सक्ने अबस्था हुन्छ । यो रोग मुख्यतया लामखुट्टे, भुसुना, झिँगा, किर्ना लगायतको टोकाइबाट र संक्रमित गाईभैसीको ओसारपसार र लसपसबाट पनि सर्ने गर्दछ ।

त्यसैगरी गाउँपालिकाले लम्पी स्किन रोगको ठोस उपचार नभएको हुँदा लक्षण देखिनासाथ उपचार गर्ने,, संक्रमित क्षेत्रबाट गाईभैसी ओसारपसार नगर्ने, लाम्खुट्टे, भुसुना झिंगा आदिको नियन्त्रण गर्ने र गोठ वरपर वातावरण सुख्खा र सफा राख्ने, जैविक सुरक्षा अपनाउनको लागी सुचना मार्फत् आग्रह गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस