आज:  | Fri, 26, Apr, 2024

गजुरी १ भदौरेमा विपद व्यवस्थापनको पुर्व तयारी तथा प्रतिकार्य योजनाको कृत्रिम अभ्यास कार्यक्रम

२० जेष्ठ २०८०, शनिबार २०:३१ मा प्रकाशित ( १0 महिना अघि) १७७७ पाठक संख्या
नारी बाटिका


धादिङ, २० जेठ शनिवार ।

वर्षायाम सुरु भइरहदा विपदका समय आइपर्ने जाखिमलाई व्यवस्थापन गर्नको लागी कृतिम अभ्यास मनसुन ३ कार्यक्रम गरिएको छ । शिवद्ल गण गजुरीको आयोजनामा  पुर्व तयारी कृतिम अभ्यास मनसुन ३ संभावित जोखिम हुने स्थलगत रुपमा गजुरी गाउँपालिका १ भदौरे इलाकाको क्षेत्रमा सन्चालन गरिएको हो । विपद पुर्व तयारी तथा प्रतिकार्य योजना अन्तर्रगत स्थलगत रुपमा अभ्यास गरिएको थियो ।

शनिवार शिवदल गण गजुरी व्यारेक धादिङको आयोजना तथा गजुरि गाउपलिका,इलाका प्रहरि कारयालय गजुरी,बिपद ब्यबस्थापन बेस आदमघाट,प्राथमिक स्वास्थ्य उपचार केन्द्र गजुरी, जिल्ला प्रहरी कार्यालय धादिङ, सश्स्त्र प्रहरीवल आश्रित गुल्म गजुरी र नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखाको समन्वय तथा सहयोगमा विपद पुर्व तयारी तथा प्रतिकार्य योजनाको लागि संयुक्त रुपमा कृतिम अभ्यास गरिएको हो ।

विषेश गरी वर्षायाममा जलवायु परिवर्तन संगै तत्काल आईपर्ने विपतका संभावित जोखिमको सजह रुपमा ब्यवस्थापन गर्नु पर्ने अवस्थालाई मध्यनजर गरी बाढी पहिरो तथा सडक दुर्घटना मा बिपद प्रतिकार्य सम्बन्धी गजुरी गाउँपालिका १ स्थित भदौरेमा स्थलगत रुपमा कृत्रिम अभ्यास तथा प्रतिकार्य योजना सम्पन्न गरिएको हो।

शिवद्ल गण धादिङ गजुरीको आयोजनामा भएको उक्त कार्यक्रमा बाढी,पहिरो,आगलागी,भुकम्प जस्ता बिपदको समयमा पनि आई पर्ने जाखिमलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सचेत रहन प्रतिकार्य योजना अन्तर्रगत सो कार्य संन्चालन गरिएको शिवदल गण गजुरीका गणपती  प्रमुख सेनानी अशोक राज वरालले जानकारी दिनु भयो ।

प्रतिकार्य योजना कृतिम अभ्यास कार्यक्रममा गजुरि गाउँपालिकाका प्रमुख र उपप्रमुख, ६ नं. बाहिनी वैरेनीका सहायक बाहिनी पति महासेनानि वीरेन्द्र मल्ल ठकुरी, शिवदल गण गजुरीका गणपति प्रमुख सेनानी अशोक राज वराल,एपिएफ डिएसपी किरण,इनिस्पेक्टर दिपक नेउपाने,गजुरी अस्पतालका डाक्टर लगायत करिब १५० जनाको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा शिवदल गणका प्रमुख सेनानी अशोक राज वरालबाट प्रमुख अतिथी,विषेश अतिथीहरुमा स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमलाई संभोधन गर्दै गाउँपालिकाका प्रमुखबाट यस्ता कृतिम अभ्यास कार्यक्रम संन्चालन गर्नाले  मौसमी परिवर्तन संगै हाम्रो समाजमा मनसुनको जोखिमलाई न्युनिकरण गर्नमा सहयोग पुग्नेछ ।

साथै समुदायमा पर्ने विपतको समयमा ब्यवस्थापन गर्नमा मद्धत पुर्याउने बिचार व्यक्त गर्नु भएको थियो ।जोखिम व्यवस्थापन कार्यक्रम आज शनिवार विहान ९ बजे देखि १०३० बजे सम्म भएको हो ।

भगवती उप्रेती
नारी वाटिका डट्कम संवाददाता

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%१%१%१%

प्रतिक्रिया दिनुहोस