आज:  | Tue, 14, May, 2024

नीलकण्ठ नगरपालिकाद्वारा बालमैत्री नगर बनाउन अभियान सन्चालन गर्ने

२२ असार २०८०, शुक्रबार ०८:३१ मा प्रकाशित ( १0 महिना अघि) ४६० पाठक संख्या
नारी बाटिका


धादिङ,२२ असार ।

नीलकण्ठ नगरपालिकाद्वारा बालबालिकाहरुको हक हितमा काम गर्दै सर्वाङ्गिण विकासको लागि बाल बचाउ ,बाल संरक्षण बाल विकास र बाल सहभागीताका पक्षहरू समेतलाई ध्यानमा राखि बालमैत्री नगर बनाउन अभियान नै सन्चालन गर्ने जनाएको छ ।

बालमैत्री स्थानीय शासन अबलम्बनका न्युनतम सुचकहरु पुरा गर्न अभिभावक ,शिक्षक, व्यापारी , उद्योगीहरु, सबै जनप्रतिनिधि , बिषयगत शाखाका कर्मचारीहरु एकताबद्ध भएर घरपरिवार ,टोल बस्तीमा बालमैत्री बोली, व्यवहार र बालमैत्री संरचना निर्माण गर्ने, गराउने कार्यको लागि अभियान नै संचालन गर्ने नगरपालिकाले जानकारी गराएको हो ।

बिहिवार नगरपालिकाका प्रमुख , उपप्रमुख, वडाध्यक्षहरु सहित कार्यपालिका सदस्यहरु, बिषयगत शाखाका कर्मचारीहरु तथा सरोकारवालाहरुको लागि आयोजित १ दिने बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला उद्घाटन गर्दै नगर प्रमुख भीम प्रसाद ढुङ्गानाले सो कुरा बताउनु भएको हो ।

नीलकण्ठ नगरपालिकालाई वि।स।२०८१ सालभित्र बालमैत्री नगर घोषणा गरिने भएको छ । त्यसको लागि विभिन्न समितिहरु गठन गरी कार्यक्रम सन्चालन गरिने समेत निर्णय भएको जनाएको छ । नगरपालिकाले जिम्मेवारी पुर्वक कार्य गर्दै आएको नगरप्रमुख भीम प्रसाद ढुङ्गानाले बताउनु भएको हो ।

नगरप्रमुख ढुङ्गानाले निलकण्ठ नगरपालिकाको नीति ,योजना तथा कार्यक्रममा प्राथमिकता दिएको बताउँदै अब सुचकहरु पूरा गर्न सम्बन्धित सबै पक्ष एकताबद्ध भएर कार्यान्वयन गर्नुपर्ने बताउनु भयो।

त्यस्तै कार्यक्रममा नगरपालिका उपप्रमुख दिपक बिश्वकर्मा प्रमुख प्रशासकीय अधिकृत पुरुसोत्तम सुवेदीले नगरपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा समुदाय तह हुँदै वडा तथा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानमा रहेको समेत बताउनु भएको छ।

बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती,वडा हुँदै नगरपालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईरालाले वताएका छन् ।

कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री नगरपालिकाको लागि बालबालिका सम्बन्धि कार्यान्वयन निर्देशिका अनुसारका कार्यान्वयनका तहगत खुड्किला, बालबालिकामा उचित ज्ञान,शिप र शिक्षा लगानी किन र कसरी ,बालमैत्री स्थानीय शासनको अबधारणा,संरचना र कार्यहरु गर्नु पर्ने हुन्छ ।

त्यस्तै सेवाप्रवाह ३६ वटा सुचक र संस्थागत १५ वटा सुचक गरि ५१ वटा सुचकहरु जानकारी र बालमैत्री स्थानीय शासनको नगरपालिका स्तरीय समिति गठन गरी यस बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस