आज:  | Tue, 14, May, 2024

ललिता निवास जग्गा प्रकरणमा सचिव राउत पक्राउबारे सचिव स्तिरिय बैठकमा गम्भीर बहस

१ श्रावण २०८०, सोमबार १८:३५ मा प्रकाशित ( १0 महिना अघि) ४२४ पाठक संख्या
नारी बाटिका


काठमाडौं, १ साउन ।

निजामती क्षेत्रका विभिन्न मन्त्रालय तथा विभागिय उच्च ओहदाका कर्मचारी,सचिवहरुको आज बैठक बसेको छ । बैठकमा ललिता निवास जग्गा हिनामिना प्रकरणमा सचिव राउत पक्राउबारे गम्भीर बहस पनि भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण सेलाउन नपाउदै,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको निजामती सेवाका उच्च पदस्थ सचिवहरुको बैठकमा ललिता निवास प्रकरणले अर्को स्थान पाएको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल सरकारका बहालवाला सचिव (सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव) कृष्ण बहादुर राउत पक्राउको विषयमा सचिवहरु बीच गम्भीर बहस भएको स्रोतले जनाएको छ ।

‘सरकारका उच्च पदस्थ सचिवहरुले पक्राउको विषयमा स्पष्ट हुनु जरुरी देखियो, नत्र काम गर्न गाह्रो हुन्छ भनेर सवाल उठाउनु भएको छ । ‘कानून अनुसार कारबाही गर्ने कुरामा त साथ रहन्छ तर व्यवहार फरक भएको हो की भन्ने आशङ्का गर्ने ठाउँ देखियो भनेका छन् ।

यस्तै सचिव राउत पक्राउ परेपछि अब के हुने हो भन्ने कर्मचारी वर्गमा चर्चा पनि भएको भन्दै बैठकमा सचिवहरुले सवाल उठाएका थिए । कुनै पनि विषयमा निर्णय कर्तामाथि अनुसन्धान नहुने तर त्यही आधारमा फाइल अघि बढाउने कर्मचारीहरु माथि भने कारबाही अघि बढ्नुले व्यवहारमा फरक देखिएको भन्दै कर्मचारी वृत्त र पूर्व सचिवहरुले पनि प्रश्न उठाउँदै आएका थिए ।

बैठकमा उठेका सवाललाई गृहमन्त्री समक्ष पुर्याउने बैठकको अध्यक्षता गरेका मुख्य सचिव वैकुण्ठ अर्यालले प्रतिबद्धता जनाउनु भएको छ । साथै आजको बैठकमा यसअघिका निर्णय कार्यान्वयनको अवस्था, बजेट, कार्यक्रम र योजना कार्यान्वयन र सेवा प्रवाह तथा सुशासन प्रवद्धनका सवालमा समेत छलफल भएको थियो । हरेक महिनाको पहिलो सोमबार सचिवहरुको नियमित बैठक बस्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस