आज:  | Tue, 07, May, 2024

यस वर्षको भाईटीकाको साइत २९ गते बिहान १० बजेर ५१ मिनेटमा उत्तम

२१ कार्तिक २०८०, मंगलवार ०६:४३ मा प्रकाशित ( ६ महिना अघि) २९६ पाठक संख्या
नारी बाटिका


धादिङ, २१ कात्तिक ।

यस वर्षको तिहारमा भाईटीकाको साइत २९ गते बिहान १० बजेर ५१ मिनेटमा शुभसाइत रहेको छ । यही कात्तिक २९ गते वुधबारका दिन दिनैभरी नै आफ््नो समय अनुकुलमा दिदीवहिनीले दाजुभाईलाई भाईटिका लगाउन शुभ हुने भएतापनि टिकाको उत्तम साइत भने बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शोमबार एक विज्ञप्ति जारी गर्दै भाईटिकाको साईत सार्वजनिक गरेको हो ।

यस वर्ष ‘भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १०ः५१ बजे रहेको जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ ।

हरेक वर्ष हर्ष र उल्लासको साथ मनाईने वडा दशैंपछीको नेपालीहरूको दोस्रो ठूलो चाड तिहार यही कात्तिक २५ गतेदेखि शुरू हुँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस