आज:  | Wed, 08, May, 2024

धादिङको निलकण्ठ वडा नं.३को नेतृत्वमा राहत संकलन गरी भुकम्प प्रभावित क्षेत्रमा सहयोग

२२ कार्तिक २०८०, बुधबार ०७:१८ मा प्रकाशित ( ६ महिना अघि) ८९४ पाठक संख्या
नारी बाटिका


भगवती भण्डारी उप्रेती
नारी वाटिका संवाददाता

धादिङ,२२ कात्तिक ।

धादिङको निलकण्ठ नगरपालिका .३ नं वडाको नेतृत्वमा राहत संकलन गरी भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्मिमा पठाईएको छ । निलकण्ठ नगरपालिका ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा धादिङ स्थित विभिन्न संघसंस्थामा आवद्ध रहेका व्यक्तीहरुबाट आर्थिक संकलन गरी साथै नगरपालिका वडा नं. ३ वडा अध्यक्ष अक्षय कोषबाट थप गरी आर्थिक संकलन गरी सहयोग गरिएको हो ।

वडा अध्यक्ष श्रेष्ठले जाजरकोट र रुकुमपश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितका लागि सहयोग पुर्याउने उदेस्यले आर्थिक संकलन गरिएको हो ।
श्रेष्ठको नेतृत्वमा मंगलबारसम्म विभिन्न सामाजिक सहयोगको भावना भएका व्यत्तिहरुबाट संकलित रकम र वडा अध्यक्ष अक्षयकोषबाट थप गरिएको रकमबाट आवाश्यक सामान खरिद गरीएको हो ।

भुकम्प प्रभावित क्षेत्रमा तत्काल आवाश्यक पर्ने कम्मल,बलाङकेट,लगाउने लताकपडा,खाद्यान्न सामाग्री लगायतका सामानहरु आज वुधबार विहानै कर्णाली प्रदेशको राहत ढुंवानी गाडीमा पठाईएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

भुकम्प प्रभावितहरुलाइ उद्धार, उपचार र राहतमा केही सहयोग पुगोस भन्ने उश्यले राहत स्वरुप आवाश्यक सामान सहयोग गरेको श्रेष्ठले बताउनु भयो ।

कात्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने १६५ जना घाईते भएका छन् ।

साथै संकलित आर्थिक रकमबाट आवश्यक सामानहरु खरिद गरी जाजरकोट जिल्ला प्रहरी कार्यलय,जिल्ला प्रशासन कार्यलय तथा जाजरकोट पत्रकार महाँसंघ संग समन्वय गरी तेहाँका उद्धारकोषमा सामान हस्तातरण गरी एकद्धार प्रणाली मार्फत सम्वन्धित प्रभाबितलाई बितरण गर्नको लागी जिल्ला प्रहरी कार्यलय धादिङले सिफारिस समेत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%४%३%१%१%

प्रतिक्रिया दिनुहोस