आज:  | Mon, 29, Apr, 2024

तिहारको चौथो दिनः आज गाई,गोवर्द्धन र गोरुको पूजाआजा,नेवारी समुदायमा म्हःपुजा गरी मनाइँदै

२८ कार्तिक २०८०, मंगलवार ०४:२२ मा प्रकाशित ( ५ महिना अघि) २७० पाठक संख्या
नारी बाटिका


काठमाडौँ,२८ कात्तिक ।
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई,गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । तर यस वर्षको तिहारमा भने दिन थपघट भएकाले हिजो शोमबार नै गाईको पुजा गरियो ।

जाज गोरुको (गोवद्धन)को पुजाआजा गरि गोरुलाई मिठो मसिनो खान दिइन्छ । साथै कतै कतै आजको दिनमा पनि गाईको पुजा गरिदै छ । तिहारको चौथो दिन गोवर्द्धनको पूजाआजा गरी मनाइन्छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाईगोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन रहेको हो ।

कृर्षका घर घरमा पालिएका आजै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन रही आएको छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ ।

साथै आज नेवार समुदायको नयाँ बर्ष तथा नेपाल सम्बतको पहिलो दिन म्हःपूजा पनि हो । नेवारी समुदायले मनाउने सवैभन्दा उत्साहको पर्व हो म्हःपूजा अर्थात आफ्नै शरीर पुजा । समग्र देवता, उर्जाशक्ति एवं विश्व ब्रम्हाण्ड आफ्नै शरीरभित्र रहेको विश्वास गर्दै आफूलाई चिन्न प्रेरित गर्ने पर्वको रुपमा म्हः पुजा गर्ने गरिन्छ ।

शरिरमा शान्ति नहुँदा आत्म शान्ति नहुने भएकोले नेवारी समुदायले आजैका दिन विधि पूर्वक आफ्नो शरीरलाइ पुजा गर्ने परम्परा रहि आएको छ । आफ्नो क्षमता, मेहनत तथा परीश्रमको पुजाको शास्त्रिय विधि उल्लेख नभए पनि यस दिन नेवार समुदायले परिवारका हरेक सदस्यको मण्डप बनाएर पुजा गर्ने गर्छन ।
मानिस भित्रको शक्ति दिपको रुपमा प्रकट गर्न म्हः पुजा गर्ने गरिएको संस्कृतविद्हरु बताउँछन् । नेपाल संवत शुरु हुने पहिलो दिन आजै बेलुकी म्हः पुजा गर्ने परम्परा रहेको छ । नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहुल्यता रहेको छ ‘म्हः’ को शाब्दिक अर्थ देह या शरीर भन्ने बुझाउँदछ र यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहप्रतिको आदर युक्त याचना हो ।

आजको दिन आत्मतत्वलाई बोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो । नेवारी भाषामा म्हः शब्दको प्रयोग र ईतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययका रुपमा ब्यापक रुपमा बोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला अर्थात तपाईलाई सञ्चै छ ? म्हः फु अर्थात सञ्चै छम्हः मफु अर्थात् सञ्चो छैन भन्ने हो । म्हः अर्थात देहवाचक अनि चेतना प्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरुमा म्हः को प्रयोग हुँदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस