आज:  | Sun, 05, May, 2024

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अबसरमा धादिङमा सचेतनामुलक कार्यक्रम

८ मंसिर २०८०, शुक्रबार ०७:०० मा प्रकाशित ( ५ महिना अघि) २५६ पाठक संख्या
नारी बाटिका


भगवती विवियु
नारी वाटिका संवाददाता

धादिङ,८ मंसिर ।

स्वास्थ्य कार्यलय धादिङको आयोजनामा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाईएको छ । प्रत्येक वर्ष नोभेम्वर १८ देखी २४ सम्म सप्ताहव्यापी रुपमा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइने गर्रिन्छ । यसै दिवसको अवसरमा स्वास्थ्य कार्यलय धादिङको आयोजनामा स्वास्थ्य कार्यलयका प्रमुख नरेन्द्र कुमार झाको अध्यक्षतामा धादिङ अस्पतालका सुपरीटेन्डेन रामचन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कृर्षी ज्ञान केन्द्र धादिङका प्रमख निर्मला गुरुङ,पत्रकार महाँसंघ लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

विश्वमा प्रतिजैविक प्रतिरोध (एन्टी माइक्रोबियल रेजिस्टेन्स)को बारेमा सचेतना बृद्दी गर्दै रेजिस्टेन्स नियन्त्रणको लागि असल अभ्यास अपनाउन प्रोत्साहन गर्ने ध्येयका साथ हरेक वर्ष नोभेम्वर १८ देखि २४ तारिख सम्म यो सप्ताह मनाईदै आएको हो।

नेपालमा पनि नोभेम्वर १८ अर्थात मंसिर २ गतेबाट आजसम्म स्वास्थ्य तथा जनसंख्या कार्यलय धादिङको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास कार्यलय धादिङ र जिल्ला वन डिभिजन कार्यलयको सहकार्यमा विश्व एन्टीमाइक्रो बियल प्रतिरोध सचेतना सप्ताह सबै क्षेत्र जुटौं, प्रतिजैविक प्रतिरोध रोकथाम गरौूँ भन्ने नाराका साथ ूएन्टीमाइक्रो बियल्सको प्रयोग सावधानी पूर्वक गरौँु भन्ने मूल भावनाका साथ विभिन्न कार्यक्रमहरु संचालन गरी मनाईं रहेकोछ।

प्रतिजैविक प्रतिरोध विगत केहि दशक देखि विश्वव्यापी मानिसको स्वास्थ्यमा चुनौतीको रुपमा देखा परेको छ। यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टीबायोटिक्स लगायतका एन्टीमाइक्रोबियल औषधिहरुको प्रभावकारीता कम हुँदै गएको छ।

मानिस, पशुपंक्षी तथा वनस्पतिका संक्रामक तथा सरुवा रोगहरुका जीवाणु विरुद्ध प्रयोग हुने यी औषधिहरुको समुचित प्रयोग नहुनाले प्रतिरोध विकास भई संक्रामक रोगहरुको उपचारमा बाधा उत्पन्न भएको छ। यसको कारण वर्षेनी करिब सात लाख मानिसहरुको मृत्यु भईरहेको र यसको नियन्त्रणको लागि ठोस कदमहरु नचाल्ने हो भने यो संख्या बढेर सन् २०५० सम्ममा वर्षेनी एक करोड पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ।

मानवीय क्षतिका साथै विश्वभरि करिब एक सय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुन सक्ने र यसको प्रत्यक्ष असर नेपाल जस्तो विकासोन्मुख देशहरुमा पर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी समेत दिई सकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा वर्षेनी एक अर्व अमेरिकी डलर बराबरको एन्टिबायोटिक्स आयात हुन्छ जुन कुल औषधी आयातको ३० प्रतिशत हो। नेपाली बजारमा करिब ३६५ ब्राण्डका एन्टिबायोटिक औषधीहरु उपलब्ध छन्। र देशभित्रै लगभग ५० कम्पनीले एन्टिबायोटिक औषधी उत्पादन गर्ने गर्छन्।

गाईवस्तु, सुँगुर र कुखुरा र दुध उत्पादन घाटा कम गर्ने उदेश्यले एन्टिवायोटिकको चरम दुरुपयोग गरिने गरेको छ। यसरी प्रयोग गरिने खुराकहरुले प्रतिरोधी जिवाणूहरु सिर्जना गर्ने सम्भावना हुन्छ जुन मानिसहरुमा समेत सर्न सक्छ। अझै पनि दुग्ध विकास फार्महरुमा एन्टिबायोटिकको सुरक्षित र न्यायोचित प्रयोग हुन सकेको छैन जसले गर्दा यस्ता मासु र दुध जन्य पदार्थको उपभोगले जनस्वास्थ्य जोखिम उच्च रहेको स्वास्थ्य संस्थाले जनाएको छ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख नरेन्द्र कुमार झाले कार्यक्रमलाई संवोधन गर्नु हुंदै प्रतिजैबिक औसधि हरुमा परयोग हुने केमिकलहरु छ त्यस को समुचित प्रयोग नभएर मानव जीवन मा धेरै समस्या हरु आएको छ डाक्टर को सल्लाह बिना एन्टिबायोटिक को प्रयोग नगर्न सल्लाह दिनु भएको थियो ।
औसधि को dose पुर्याउने बिचमा नछाड्ने येस्तो कुराहरु लाई कसरी निरुत्साहित गर्न सकिन्छ पशुपन्छी हरुमा कृषि जन्य पदार्थहरुमा कसरी Awareness  गर्न सकिन्छ र Resistance लाई कसरी कम गर्न सकिन्छ भनी कदम चाल्न अत्यावश्यक देखिन्छ ।

त्यसकारण सबै सरोकारवालाहरुलाई यही मंसिर २ देखि ८ गते सम्म पर्ने  विश्व एन्टीमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह, २०२३ मनाईएको र सचेतनाको लागी आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्नु भएको छ।

स्वास्थ्य कार्यलय धादिङका प्रवत्ता तोयानाथ छत्कुलीबाट कार्यकक्रमको उदेस्य र सप्ताहव्यापी कार्यक्रमको महत्वको बारेमा चर्चा गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस