आज:  | Wed, 01, May, 2024

काठमाडौं महानगरपालिकाले पहिलो चौमासिकमा २७.११ प्रतिशत राजस्व संकलन गर्न सफल

१० मंसिर २०८०, आईतवार १४:०३ मा प्रकाशित ( ५ महिना अघि) २११ पाठक संख्या
नारी बाटिका


काठमाडौं १० मंसिर ।

काठमाडौं महानगरपालिकाले पहिलो चौमासिकमा लक्ष्यभन्दा २७.१ प्रतिशत राजस्व संकलन गरेको छ। १० अर्व ८० करोड ७८ लाख २० हजार वार्षिक लक्ष्यमा साउन, भदौ, असोज र कार्तिकको ४ महिनाको अबधीमा २ अर्ब ९२ लाख ९६ हजार ९ हजार ७२९ रूपैयाँ राजस्व संकलन भएको राजस्व महानगरपालिकाले जनाएको छ ।

गएको आवको ४ महिना अवधिमा २६.४९ प्रतिशत राजस्व उठेको थियो। १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रूपैयाँ लक्ष्य अनुसार २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार ५६५ संकलन भएको थियो ।

लक्ष रूपमा प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबै भन्दा धेरै १४७ प्रतिशत धेरै रकम संकलन भएको,यसमा २० लाख रूपैयाँ वार्षिक लक्ष्य राखिएको थियो। १ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख ९३ हजार ५५४ रूपैयाँ (२७.९१ प्रतिशत) राजस्व संकलन गर्न सफल भएको हो ।

गएको बर्षमा भन्दा यस पहिलो चौमासिकमा ५२ करोड ४७ लाख ८० हजार ८४ रूपैयाँ (५२.४८ प्रतिशत) प्रतिशत राजस्व उठेको थियो। यस बर्ष २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख ५१ हजार ८३७ रूपैयाँ (३०.८० प्रतिशत)राजस्व संकलन भएको छ। यही शीर्षकमा गएको बर्ष २ अर्ब लक्ष्य राखिएको थियो । यस अवधिमा लक्ष्यको ३९.१९ प्रतिशत अर्थात् ७८ करोड ३७ लाख ५ हजार १५३ रूपैयाँ संकलन भएको थियो।

महानगरपालिकाका अनुसार यस बर्ष १ अर्व २० करोड लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा १० करोड ९२ लाख ५५ हजार ९९१ रूपैयाँ ९९.१० प्रतिशत (राजस्व संकलन भएको छ । यस शीर्षकमा गत बर्ष २ अर्ब ५० करोड रूपैयाँ लक्ष्य राखिएको थियो। यस शीर्षकमा पहिलो चौमासिक अवधिमा ११ करोड ६८ लाख ३५ हजार ४८६ रूपैयाँ ९४.६७ प्रतिशत ) राजस्व संकलन भएको थियो ।

घरजग्गा रजिष्ट्रेसन दस्तुरको लक्ष्य चालु आर्थिक बर्षमा किन घटाइयो ? भन्ने प्रश्नको उत्तरमा राजस्व विभागका प्रमुख काफ्ले भन्छन, ‘घरजग्गाको कारोवार सबै समयमा एकै प्रकारको छैन, कहिले धेरै र कहिले कम हुन्छ, विगत ३ बर्षदेखिको घर जग्गा रजिष्ट्रेसनबाट प्राप्त भएको दस्तुरको विश्लेषण गर्दा कारोबार घटिरहेको अवस्था देखिएको र कित्ताकाटका लागि सरकारले छिटो छिटो निर्णय परिवर्तन गरेको देखिएकाले यस शीर्षकमा राजस्व संकलनको लक्ष्य घटाएका हौँ।’

यस बर्ष ससर्त अनुदान चालुतर्फ १ अर्ब ४२ करोड ६७ लाख ४६ हजार रूपैयाँ र ससर्त अनुदान पुँजीगततर्फ २९ करोड ५० लाख रूपैयाँ लक्ष्य राखिएको छ। यी शीर्षकमा क्रमशः ३५ करोड ६६ लाख ११ हजार ५ सय रूपैयाँ (२४.९९ प्रतिशत ( र ७३ लाख ७५ हजार रूपैयाँ (२५.०० प्रतिशत) प्राप्त भएको छ।

गएको बर्ष यी शीर्षकमध्ये चालुतर्फ १ अर्ब २८ करोड ९६ लाख ६ हजार रूपैयाँ र पुँजीगतर्फ २४ करोड १० लाख रूपैयाँ लक्ष्य राखिएको थियो। सरकारबाट यी दुवै शीर्षकमा एकमुष्ट ४० करोड १० लाख ११ हजार ५५० रूपैयाँ प्राप्त भयो। यसकारण गएको बर्ष हामीले चालु र पुँजीगत छुट््याउन सकिएन। राजस्व विभागका प्रमुख काफ्लेले यस बर्षदेखि छुट्टयाएर पठाउन थालिएको बताएका छन् ।

पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा ५ करोड ९१ लाख ११ हजार ५ सय ९५९.११ प्रतिशत), २ करोड ५० लाख रूपैयाँ बेरूजु फस्र्योट गर्ने लक्ष्य राखिएकोमा १ करोड ३४ लाख ७८ हजार ९९७ रूपैयाँ (५३.९२ प्रतिशत), अन्य बिक्रीबाट ५० लाख रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा ५० लाख ९६ हजार ५ सय रूपैयाँ (१०१।९३ प्रतिशत)राजस्व संकलन भएको छ।

त्यसैगरी नाता प्रमाणित दस्तुरमा ३५.४८ प्रतिशत, प्रशासनिक दण्ड जरिवाना र जफतमा ३७.८८ प्रतिशत, व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ३०.७२ प्रतिशत लक्ष्य प्राप्त भएको छ। यी शीर्षकमा क्रमशः ५० लाख रूपैयाँ,२ करोड रूपैयाँ र ७१ करोड रूपैयाँ प्राप्त हुने लक्ष्य राखिएको थियो । साथै १७ लाख ७४ हजार रूपैयाँ, ७५ लाख ७६ हजार ४३ रूपैयाँ र २१ करोड ८१ लाख ४५ हजार २२९ रूपैयाँ प्राप्त भएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस