आज:  | Tue, 18, Feb, 2025

आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२९ मंसिर २०८०, शुक्रबार ०८:१३ मा प्रकाशित ( १ साल अघि) २५४८ पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ मंसिर ।

आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । काँग्रेसको बैठक आज दिउँसो सवा १२ बजे पार्टी कार्यालय सानेपामा बस्ने तथारी भएको पार्टी कार्यलयको स्रोतले जनाएको छ ।

सुक्रबार बस्न लागिएको कार्यसम्पादन समितीको बैठकमा आगमी महासमिति बैठकको तयारी, जाजरकोट भूकम्पबाट प्रभावि नागरिकहरुको अस्थाई घर टहरा निर्माणका लागी पार्टी गरिरहेको सहयोग बारे साथै पछिल्लो राजनीतिक घटनाकक्रमको सम्बन्धमा छलफल हुने पार्टी स्रोत भनाई रहेको छ ।

बैठकमा आगामी पुस १६ देखि हुने भनिएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा विशेष छलफल हुने भएको छ।

तर यता पार्टी सभापति शेरबहादुर देउवाले भने पार्टी भित्रको आन्तरिक कार्यको तयारी गर्न बाँकी रहेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गर्नु भएको छ । यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे पनि छलफल हुनेछ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस