आज:  | Thu, 02, May, 2024

अङ्ग्रेजी नयाँ वर्ष २०२४ को पुर्व सन्ध्यामा ठमेलमा विदेशी पर्यटकको घुँईचो

१५ पुष २०८०, आईतवार १८:५२ मा प्रकाशित ( ४ महिना अघि) ३१८ पाठक संख्या
नारी बाटिका


काठमाडौं, १५ पुस ।

अङ्ग्रेजी नयाँ वर्ष २०२४ को पुर्व सन्ध्यामा ठमेलमा विदेशी पर्यटकको घुँईचो लागिरहेको छ । हरेक वर्ष अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस पर्व संगसंगै जस्तै पर्ने भएकोले केही दिन बाँकी रहँदा नै राजधानीको मुख्य पर्यटकीयस्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढ्ने गर्दछ । त्यसो त आज अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अन्तिम दिन अनी रात हो । केही वर्ष अघि सम्म कोरोनाको महामारीले थलिएको नेपालको पर्यटनलाई यो चहलपहलले व्यवसायीलाई निकै राहत मिलेको छ ।

नेपालको धेरै क्षेत्रहरु मध्य राजधानीको ठमेल एरियालाई पर्यटकको मख्य गड मानिन्छ । यसै कारणले पनि आज ठमेल लगायत आसपासका होटल रेष्टुँराहरु विदेशी तथा स्वदेशी पर्यटक भरीभराउ भएको छ । गत वर्षको अङ्ग्रेजी नयाँ वर्षमा खासै विदेशी पर्यटकको भिडभाड नभएको बताउँछन् त्यस क्षेत्रका ब्यवशायीहरु । “मुख्यगरी भारतीय र फाट्टफुट्ट युरोप तथा अमेरिकाका पर्यटक देखिन थालेका बताएका थिए ”,तर यस वर्षमा भने ठमेलमा विदेशी र स्वदेशी पर्यटनले भरिभराउ भएका छन्।

ठमेलमा साना तथा ठूला गरी झन्डै तीन सय होटल,ाहरु संन्चालनमा छन् । यस्तै तीन सयभन्दा बढी रेष्टुरेन्ट रहेका छन् । रात्रिकालीन व्यवसायी ९०।९५को हाराहारीमा छन् । अहिले ठमेलभित्र रहेका होटलहरूको क्षमताअनुसार सरदर ५० देखी ६० प्रतिशतको हाराहारीमा पर्यटकहरू रहेका छन् । ठमेल होटल परिषद्ले अहिले ठमेल क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सम्बन्धित निकायसँगको सहकार्यमा सडक बालबालिकाको व्यवस्थापन, तारको व्यवस्थापन लगायतको काम गर्दै आएको छ ।

यस्तै, ठमेललाई सुन्दर बनाउन सडक बत्ती जडान, सिसी क्यामरा जडान, फुटपाथ व्यवस्थापन तथा साइन बोर्डको व्यवस्थापन गरिएको छ । ठमेललाई चौबिसै घण्टा स्वच्छ, शान्त र सुरक्षित बनाउन सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्न सम्बन्धित निकायसँग परामर्श भइरहेको होटल संघको भनाइ छ ।

ठमेलस्थित होटलमा भारतीय पर्यटकले समेत आफ्नो होटल क्रिसमस र नयाँ वर्षका लागि पहिलेनै बुक गर्ने गर्दछन् । तेस्रो मुलुकका पर्यटकमा कमी आए पनि अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा भारतीय र बंङगला देशका पर्यटकको बुकिङ बढेको होटल ब्यवशायीहरुले बताउँछन् ”, । विश्वसम्पदा सूचीमा रहेका काठमाडौं उपत्यकाका भक्तपुर, पाटन, स्वयम्भू, पशुपति र वसन्तपुर लगायत राजधानीका मुख्य पर्यटकीयस्थल घुमेपछि पर्यटकको बासस्थानको मुख्य रोजाइ ठमेल नै मानिन्छ ।

अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमस जस्ता पर्व मुख्य पर्यटकीय मौसमपछिको पर्यटक आउने अवसर मानिन्छ । “कोरोनापछि अपेक्षा गरेभन्दा बढी पर्यटक आएको महसुस भएको छ, आगामी वर्ष देशमा कुनै प्रकोप नआएमा यो सङ्ख्यामा थप वृद्धि हुनसक्छ,” पर्यटन ब्यवशायीको हनुमान छ । विगतमा क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षमा अमेरिका, युरोप, चीन तथा बङ्गलादेशका पर्यटक बढी नेपाल आउने गरेका थिए । यसपटक पनि तेस्रो मुलुक सहित विशेष गरी भारतीय र बङ्गलादेशका पाहुना बढी आएका छन् ।

मुख्य बजार वरपर घुम्न वा राजधानी बाहिरका पर्यटकीय गन्तव्य पुग्नका लागि सहज हुने भएकाले ठमेल विदेशी पर्यटकको रोजाइमा पर्दछ । राजधानी पछि पर्यटकको रोजाइमा पोखरा, अन्नपूर्ण क्षेत्र, लुम्बिनी, चितवन र सगरमाथा आधार शिविर क्षेत्र लगायत पर्दछन् । ठमेल काठमाडौं महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ ।

ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ । नेपाल घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् । काठमाडौं–२६ का वडाध्यक्ष ख्यामराज तिवारी वार्षिक अर्बौंको कारोबार हुने ठमेललाई व्यवस्थितरूपमा सञ्चालन गर्न वडा कार्यालयबाट सहयोग हुने बताउँछन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%२%

प्रतिक्रिया दिनुहोस