आज:  | Mon, 06, May, 2024

नेपाल प्रहरीको अन्तर्रगत स्थापित समुदाय प्रहरी सेवा समितीको साधारणसभा तथा पुर्न गठन

२० पुष २०८०, शुक्रबार २०:१४ मा प्रकाशित ( ४ महिना अघि) ३७३ पाठक संख्या
नारी बाटिका


 

भगवती बिबियु

धादिङ २० पुस ।

नेपाल प्रहरीको अन्तर्रगत स्थापित समुदाय(प्रहरी सेवा समितीको साधारणसभा तथा पुर्नर गठन कार्यक्रम सम्पन भएको छ । करिब १५।१६ वर्ष अगाडी अर्थात देशमा द्धन्दकालिन समयमा नेपाल प्रहरी कार्यालय धादिङको सक्रियतामा समुदायका सामाजिक सेवामा प्रतिठित व्यक्तिहरुको सहभागितामा अधिवत्ता तथा समाजसेवी विष्णु कुमार श्रेष्ठको अध्यक्षतामा स्थापना भएको धादिङको सामुदायिक प्रहरी सेवा समिती निकै वर्षसम्म प्रभावकारी रुपमा संन्चालन भएको थियो ।

प्रहरी कार्यलयमा आएका समाजमा हुने सानातिना झै झगडाका मुद्धाहरुमा सामुदायिक प्रहरी सेवा समिती मार्फत दुबै पक्षलाई बराबर न्याय हुने गरी छलफलको माध्यमबाट मिलापत्र गरी पठाउने भएकोले यो समिती निकै प्रभावकारी रह्रयो । तर विगतमा यस सामुदायिक सेवा समितीले समाज र मेलमिलामको क्षेत्रमा धेरै काम गरेको भएतापनि केही वर्षदेखी यता भने निष्कृय रहन पुगेको थियो ।

नागरिकका लागी यस सेवा समितीको काम कार्य निकै महत्वपुर्ण रहने भएकोले संस्थापक सदस्य तथा पुर्व अध्यक्ष गोविन्द कुमार श्रेष्ठ र हाल जिल्ला प्रहरी कार्यलयका प्रमुख एव. प्रहरी उपरिक्षक गौतम मिश्रको अगुवाईमा उक्त सेवा समितीलाई पुनः ब्युँताउने काम भएको छ भने सोही समितीको आज साधारणसभा, समिती पुर्नर गठन तथा परिमार्जन गरि नयाँ कार्य समिती चयन गरिएको हो ।

साथै यसै सामुदायिक सेवा समितीको आयोजनामा भएको कार्यक्रममा समितीका पछिल्ला अध्यक्ष गोविन्द कुमार श्रेष्ठको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यलयका प्रमुख उपरिक्षक गौतम मिश्रको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा तथा समिती पुनर्रगठन कार्यकक्रम सम्पन्न भएको छ ।

समितीको नयाँ कार्य समितीमा नीलकण्ठ नगरपालिकाका वडा नं. ३ का पुर्व वडाअध्यक्ष तथा समाजसेवी होमनाथ रिजालको अध्यक्षतामा १५ जनाको नयाँ पदाधिकारीहरु चयन भएका छन् । जसमा समितीको अध्यक्षमा होमनाथ.रिजाल निवर्तमान अध्यक्ष गोविन्द कुमार श्रेष्ठ,उपाध्यक्षमा उद्धव प्रशाद रिजाल,सदस्य सचिवमा नन्दकिशोर प्रशाद चौहान कोषाध्यक्षमा मनमायाँ गोतामे सह कोषाध्यक्षमा बद्री प्रशाद सुवेदी लगायत ९ सदस्य रहेको नयाँ कार्यसमिती चयन भएका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव सन्तुलाल प्रशाद जैसवर,प्रहरी नायव निरीक्षक चन्द्र मोक्तान,पत्रकार महाँसंघका अध्यक्ष ,निलकण्ठ नगरपालिका ४ का पुर्व वडाध्यक्ष शिवराज गिरी लगायतका विभिन्न वडाका वडाध्यक्षहरु,नारी जागरण केन्द्रका कार्यकारी निर्देशक तथा सामुदायिक सेवा समितीका संस्थापक सदस्य भगवती उपे्रती,लगायत वभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधीहरु, संचारकर्मी र जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी कर्मचारीहरु,पुर्व तथा संस्थापक अध्यक्ष तथा अधिवत्ता अध्यक्ष विष्णु कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

साथै यस समितीले,समाजमा रहेका सामाजिक अपराधहरु, बालविवाह, बहुविवाह, घरेलु हिंसा, महिला हिंसा, मावन बेचबिखन, यौनजन्य हिंसा, आत्महत्या न्यूनिकरण, लगायतका सामाजिक अपराधहरुको सम्बन्धमा जनचेतना जगाउने अपेक्षा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%

प्रतिक्रिया दिनुहोस