आज:  | Mon, 20, May, 2024

मौन अवधि उल्लंघन भएको हो वा होईन ? आयोगले मोरङ सीडीओलाई २४ घण्टे पत्र काट्यो

१० माघ २०८०, बुधबार १९:१७ मा प्रकाशित ( ३ महिना अघि) ३२८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १० माघ ।

निर्वाचन आयोगले मौन अवधि उल्लंघन भएको आशंकामा मोरङ सीडीओलाई २४ घण्टे पत्र काटेको छ । निर्वाचन आयोगले मौन अवधि सुरु भइसकेको समयमा मोरङको विराटनगरमा राष्ट्रियसभा निर्वाचनको प्रचारप्रसार भएको जानकारी प्राप्त भएको भन्दै  मौन अवधि उल्लंघन भएको हो वा होईन जाँच बुझका लागी मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई २४ घण्टे पत्र काट्दै प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई आचार संहिता उलङ्घन भएरनभएको बारेमा बुझेर प्रतिवेदन पेस गर्न निर्देशन गरिएको जानकारी दिनु भयो ।

भोली हुने राष्ट्रियसभा सदस्य निर्बाचनका लागी मौन अवधि सुरु भईरहेको अबस्थामा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको सूचना प्राप्त भएपछि आयोगले सीडीओलाई प्रतिवेदन पेस गर्न निर्देशन दिएको जनाएको छ ।

आयोगले माघ ८ गते राति १२ बजेपछि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, दलको भ्रातृ संगठन वा अन्य व्यक्ति तथा संघ संगठनले पालना गर्नुपर्ने विशेष आचरण जारी गरेको थियो ।

यसै अनुसार उक्त अवधिमा राष्ट्रियसभा सदस्य निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था भए पनि सो विपरीत हुने गरी मोरङको विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्ने जानकारी आयोगमा प्राप्त हुन आएको आयोगको पत्रमा उल्लेख छ ।

‘ निर्वाचन आचार संहिता, २०७९ को दफा १७ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरितको कार्य भएको हो वा होइन ? सत्य तथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेस गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङलाई आयोगबाट निर्देशन दिइएको छ’, पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस