आज:  | Sat, 04, May, 2024

आजदेखी धादिङमा राष्ट्रपती रनिङ शिल्ड खेदकुद प्रतियोगिता हुंदै

१४ माघ २०८०, आईतवार ०७:४८ मा प्रकाशित ( ३ महिना अघि) ३४५ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
नारी बाटिका संवाददाता

धादिङ १४ माघ।

आजदेखी धादिङमा राष्ट्रपती रनिङ शिल्ड खेदकुद प्रतियोगिता हुंदैछ । खेलको उद्घाटन सामाजिक मन्त्री कुमारी मोक्तानले गर्ने भएकी छन् । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा आज माघ १४ गते देखि हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेदकुद प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

जिल्ला खेलकुद विकास समितिका धादिङका अध्यक्ष प्रताप तामाङका अनुसार यस प्रतियोगितामा जिल्लाका १३ वटै पालिकाबाट खेलाडीहरु छनोट भएर आएका छन् ।

यस्तै प्रतियोगितामा ९५० जना खेलाडीहरुकोबिचमा प्रतिस्पर्धा हुनेछ । साथै खेलमा जिल्लाबाट छनोट हुने खेलाडीहरु प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन पाउँने छन् ।

यस खेलकुद प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टका खेलहरु हुने छन् भने प्रतियोगिता आगमी माघ १६ तिन दिनसम्म संन्चालन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस