आज:  | Sun, 19, May, 2024

अपराध न्युनिकरण तथा रोकथाम र नियन्त्रणका लागी समुदायमा Police Teacher प्रशिक्षण कार्यक्रम

२४ माघ २०८०, बुधबार ०७:५१ मा प्रकाशित ( ३ महिना अघि) ३४४ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
धादिङ २४ माघ
अपराध न्युनिकरण तथा रोकथाम र नियन्त्रण गर्ने उद्धेश्यले जिल्ला प्रहरी कार्यलय धादिङको आयोजनामा  प्रहरी शिक्षक, प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समुदायमा हुने अपराधजन्य कार्य बिरुद्ध सचेतना जगाउनको लागी प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार धादिङको गंगा जमुना गाउँपालिका फुलखर्कमा  Police Teacher कार्यक्रम गरिएको हो ।

गंगा जमुना गाउँपालिकाको सहकार्यमा सोही पालिकाको वडा नं. ५ फुलखर्कमा  सम्पन्न कार्यक्रममा गंगा जमुना गाउँपालिकाका अध्यक्ष भत्त ब.लामा, उपाअध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख गौतम मिश्र वडा अध्यक्षहरु, गंगा जमुना गाउँपालिकाको शिक्षा शाखा, सामाजिक विकास शाखा लगायतको उपस्थिती रहेको थियो ।

यस्तै उक्त कार्यक्रममा संचारकर्मीहरु तथा धादिङ जिल्ला स्थित ३९ वटा विद्यालयका शिक्षक,शिक्षिकाहरु समेतको उपस्थितिमा (एक) दिने ूएइीक्ष्ऋभ् त्भ्ब्ऋज्भ्च्ू९प्रहरी शिक्षक) प्रशिक्षण कार्यक्रमको दोस्रो चरण सम्पन्न गरिएको हो ।

प्रहरी कार्यलय धादिङका कार्यालय प्रमुख गौतम मिश्र, अस्थायी ट्राफिक प्रहरी कार्यलय धादिङबेशीमा कार्यरत प्र.ना.नि जयराम पुडासैनि बाट लागु औषध, साइबर क्राइम, आत्महत्या न्यूनिकरण, लैङ्गिंक हिंसा न्यूनिकरण, मानव वेचविखन, लगाएतको विषयमा Power Point Presentation को माध्यायम बाट प्रशिक्षण दिइएको थियो।

सो अवसरमा ३९ वटा स्कुलको सामाजिक शिक्षकहरुलाई Police Teacher  नियुक्त गरिएको र तालिम समापन पश्चात Police Teacher  नियुक्तिको प्रमाण पत्र वितरण गरी विद्यालयहरुमा अनुकुल समयमा प्रहरी गतिविधि खास गरेर अपराध तथा कानून बारे सचेतनामुलक अध्यापन सामाग्रीहरु रहेको पेन ड्राइभ र एयष्अिभ त्भबअजभच मार्फत विद्यालयमा गरिने प्रशिक्षणको अभिलेख राख्नका लागि ३९ जना शिक्षकलाई डायरी समेत हस्तानतरण गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

यस सहेचतामुलक कार्यक्रमको पहिलो चरणमा नीलकण्ठ नगरपालिकास्थित ३० वटा विद्यालयका ३० जना प्रहरी शिक्षक नियुक्ती र दोस्रो चरणमा गंगा जमुना गाउँपालिकामा ३९ विद्यालय गरी ६९ वटा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई Power Point Presentation प्रशिक्षण गरी प्रहरी शिक्षक नियुक्ती समेत गरिएको प्रहरी कार्यलय धादिङले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस