आज:  | Mon, 20, May, 2024

बालकुमारी घटनाको सत्ते तत्थ्य तत्कालै सार्वजनिक गर्न एकीकृत समाजवादी पार्टीको माग

११ फाल्गुन २०८०, शुक्रबार ०८:२७ मा प्रकाशित ( २ महिना अघि) १४७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ११ फागुन ।

गत पुस १३ गते बालकुमारीमा भएको घटनाको सत्ते तत्थ्य प्रतिवेदन सार्वजनिक गर्न एकीकृत समाजवादीले माग गरेको छ । उक्त समयमा भएको बालकुमारी घटनामा दुई युवकको मृत्यु भएको थियो । त्यस घटनाका बारेमा यर्थाथ बिवरण तयार गर्नका लागी छानबिन समिति गठन गरिएको थियो ।

गठित समितिले तयार पारेको प्रतिवेदनमा मन्त्री ज्वालालाई समेत दोषी देखाएपछी सो बारेमा चर्चा परिचर्चा हुन थालिएको थियो । बिहीबार बसेको सचिवालय बैठकले प्रतिवेदनको थप अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वाला वा पार्टी नै सरकारबाट बाहिरिने विषयमा कदम चाल्ने निर्णय गरेको छ।

प्रतिवेदन पूरै नहेरी ज्वालाबारे निर्णय गर्न नहुने निषकर्षमा पुगेको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन् । यता मन्त्री ज्वाला दोषी देखिँदा पनि राजीनामा नआएको भन्दै मन्त्री ज्वाला सहित प्रधानमन्त्री दाहालको चौतर्फी आलोचना भइरहेको छ ।

हिजो बिहीबार बसेको संसद् बैठकमा समेत सहभागी सांसदहरुले ज्वाला र दाहालको चर्को आलोचना गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस