आज:  | Sun, 19, May, 2024

नेफ्स्कुनका अध्यक्ष ढकाल सहकारीका प्रतिनिधीबिच भेटघाट,सहकारीको वर्तमान समस्याको सवोधन गर्ने प्रतिवद्धता

१२ फाल्गुन २०८०, शनिबार ०९:४२ मा प्रकाशित ( २ महिना अघि) ४६३ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
नारी बाटिका संवाददाता

धादिङ -१२ फागुन ।

नेफ्स्कुनको ३२ औं साधारणसभाबाट निर्बाचित अध्यक्ष चन्द्र ढकाललाई धादिङमा स्वागत गरिएको छ । यसैबिच अध्यक्ष ढकालले धादिङका सहकारीका प्रतिनिधीहरु संग भेटघाट गर्नु हुदै सहकारीको वर्तमान अबस्थामा देखिएका समस्या र चुनौती प्रतिको गुनासोलाई सवोधन गर्ने प्रतिवद्धता व्यक्ति गर्नु भएको छ । पौष ८ मा सम्पन्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कुनका नव निर्बाचित अध्यक्ष ढकाललाई सुक्रबार धादिङवेशीमा आयोजित कार्यक्रममा स्वागत गरिएको हो ।

धादिङ जिल्लाका क्रियाशिाल बचत तथा ऋणसहकारी संस्थाहरुको छाता संघ जिल्ला बचत संघले आयोजना गरेको भेटघाट तथा अन्तर्रकृया कार्यक्रममा प्रमुख अतिथीको रुपमा धादिङ आउनु भएका अध्यक्ष ढकाललाई स्वागत गरिएको थियो ।

धादिङ बचत संघका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कुनको फिल्ड कार्यलय धादिङका कर्मचारी,स्रोतपरिचालन,नारी बिकास महिला सहकारी संस्था,निलकण्ठ महिला सहकारी संस्था,शिवज्वोती सहकारी संस्था,सहारा,भैरवी सहकारी,धादिङ उद्योग बाणिँज्य संघ सहकारी,रामकोट सहकारी संस्था,ज्वोती सहकारी लगायतका प्रमुख एव् प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमा पछिल्लो समयमा सहकारी संस्थामा केही खराब मनोवृर्ती भएका २।४ वटा सहकारीका सन्चालक लगायतका समितीका व्यक्तिहरु तथा कर्मचारीहरुले सहकारीको कारोबारमा पारदर्शिता नगरीदिने तथा सहकारीको आर्थिक अपचलन र हिनामिना गरेको घटनाहरु बाहिर आउन थालेकाले सहकारीको सम्पत्ती तथा बचतको सुरक्षको लागी सहकारी विभागको सक्रिएतामा बलियो कानुन् बनायर जानुपर्ने त्यस्ता सहकारीलाई कानुनी कारवाही लाने जस्ता विषयमा अध्यक्ष ढकाललाई गम्भिर ध्यानाकर्षण गराइएको थियो ।

यस्तै अझै हालको मुख्य समस्या भनेको सहकारीका शेयर सदस्यले ऋण लिएर समयमा नबुझाउने, एउटै व्यक्तिले धेरै सहकारी तथा बैंकहरुबाट ऋण लिने, तिर्ने बेला आएपछी सहकारीले कर्जा चुक्ता गर्ने सम्बन्धमा पटक पटक कर्जा चुत्ता गर्न ताकेता गर्दा पनि वेवास्ता गरेको गरेको अबस्था देखिएको छ । ऋण उठाउनका लागी जाने सहकारीका प्रतिनिधीहरुलाई नानाथरी कुरा गरी पठाउने ऋणीहरुको संख्यामा पनि वृद्धी भईरहेको छ ।

अर्को तर्फ सहकारीबाट ऋण लिएर ऋण नतिरी ठगी गर्न खोज्ने त्यस्ता सदस्यहरुलाई उचालेर समुह बनाउदै हिड्ने ऋण मिनाहा गरिदिने हावा कुरा गर्दै सामाजिक अभियान्ता हुँ भन्नेहरुको भिड लाग्दैछ । यस समस्याको प्रमुख कारण भनेको जब सरकारले जिल्लामा समय समयमा सहकारीको सम्रक्षण,प्रर्वद्धन,अनुगमन र निरिक्षण गरी गलत गर्ने सहकारीहरुर्लाई कारवाही गर्न सक्ने सिप र ज्ञान भएको डिभिजन कार्यलयलाई खारेजी गरी स्थानीय तहमा गाभ्ने काम गर्यो त्यसै बेलादेखी सहकारी संस्थाहरु अभिभावक विहिन अबस्थामा पुगेका हुन् । 

पहुँचवाला राजनितिक दलका सिफारिसका भरमा जागिर खाएका कर्मचारीहरु सकभर आफुलाई सुविधा सम्पन्न पालिकामा बर्षौसम्म बस्ने र कार्यलय भन्दा वाहिरको कार्यक्रम तालिम,गोष्ठी,बैठकमा सहभागी हुदै जागिरको जोहो गर्दै आएका स्थानीय तह जनप्रतिनिधीहरुको प्रशासनले सहकारी शाखा हेर्ने जिम्मेवारी दिएका कर्मचारीलाई नत सहकारीको चारखाता लगायतको हिसाबकिताबका बारेमा ज्ञान छ ,न त सहकारी विभागद्वारा जारी गरेका समिक्षण नंम्वर भनेको के हो र किन यसको आवाश्यकता छ भन्ने बारेमा कुनै जानकारी नै नभएको पाईन्छ ।

यति सम्मकी सहकारी संस्थाहरुले प्रत्येक महिनामा बुझाउने सहकारीको मार्सिक कारोबारको प्रतिवेदन समेत हेर्न सक्ने ज्ञान नभएकालाई सहकारीको शाखा प्रमुखको जिम्मेवारी दिएको अवस्था छ । तर सहकारी प्रवद्धनलाई भनेर स्थानीय तहबाट छट्टयाईने बजेट भने सहकारी हितमा कार्य गरेको बिल भर्पाई पेश गरी खर्च भुक्तानी गर्ने गरेको पाईन्छ । जसका कारण सहकारी संस्थाका संन्चालक सदस्य तथा कर्मचारीले सहकारी सदस्य हितमा काम गरे की आफ्ना व्यक्तिगत फाईदाका लागी आर्थिक हिनामिना गरे भन्नेमा सम्वन्धित निकायलाई हेर्ने, बुझ्ने र सम्रक्षण गर्ने कुनै चासो देखिदैन ।

जसका कारण पहिल्लो समयमा राज्यका तिनै तहले बैंक र वित्तिय संस्थालाई मात्रै प्राथमिकतामा राखी सहकारीलाई बेवास्ता गरेको भन्दै व्यापक रुपमा जनमासमा आलोचना भइरहेको सुनिन्छ । एकातर्फ वर्तमान अवस्थामा देशमा छाएको आर्थिक मन्दीका कारण सहकारी क्षेत्र पनि समस्यामा परेको समेत विज्ञहरुको बुझाई छ ।

यदी ऋण लिने सदस्यहरुले समयमा ऋण भुक्तानी नगरेमा सहकारी ऐन २०७४, सहकारी नियामावली २०७५ अनुसार ऋणी तथा जमानी बस्ने व्यक्तिहरुको चल अचल सम्पत्तिहरुबाट असुल गर्ने समेत उल्लेख गरेको छ ।

तर सहकारीको बचत अपचलन तथा हिनामिना गर्ने,सहकारीबाट लिएका ऋण समयमा नतिर्नेहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्न तथा गलत गर्ने सहकारीलाई नियमन सहकारीको तिनखम्बे नितिलाई अबलम्वन गर्न तर्फ सम्वन्धित निकाय,सहकारीका छाता संघहरु, सहकारी विभाग लगातका राज्यका जिम्मेवार समेन्त्रहरु बेखबर रहेको  छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%५%१%१%

प्रतिक्रिया दिनुहोस