आज:  | Sat, 04, May, 2024

आज माघ शुल्क पुर्णिमा स्वस्थानी व्रतको समापनका लागी शालीनदीमा भक्तजनको घुईँचो

१२ फाल्गुन २०८०, शनिबार ११:१९ मा प्रकाशित ( २ महिना अघि) ३५३ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
नारी बाटिका संवाददाता

काठमाडौं १२ फागुन ।

आज माघ शुक्ल पूर्णिमा अर्थात् विगत एक महिनादेखी लिएको श्रीस्वस्थानी व्रतको समापन गर्ने दिन । हिन्दु धर्मालम्वीहरुले एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत शनिबार विधिपूर्वक समापन गरिन लागेको हो । हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखी यस ब्रत शुरु गरी आज माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ ।

आज माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्टदलमा अष्टमातृका सहित श्रीस्वस्थानी देवीको विशेष पूजा–आरधना गर्ने गरिन्छ । महादेव सहित स्वस्थानीको पूजा अर्चना गरी अर्घ दिई विधिपूर्वक पूजा गर्नाले मनोकांक्षा पूर्ण हुने धार्मिक मान्यता छ ।

यस ब्रतको समापनको पूजा गर्दा चाहिने अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसम अनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ । यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ कुड्का सुपारी र फलफुल श्रीमान् वा छोरालाई दिने श्रीमान र छोरा साथमा नभए गंगामा लगी बगाउने र १०० रोटी व्रतालुले खाने नियम विधी छ ।

सत्ययुगमा महादेव पति पाउनका खातिर हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् विष्णुको सल्लाहमा श्रीस्वास्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ । महादेव पति पाएपछि पार्वतीले नै यो व्रतको प्रचार प्रशार गर्न लगाएको व्रतकथामा उल्लेख गरिएको छ ।

यसैगरी पौषशुल्क पुर्णिमाका दिनदेखी देशका माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेला–पर्व पनि यही पूर्णिमामा समापन हुने गर्दछ । आजै माघ शुक्ल पूर्णिमाको अवसरमा शनिवार श्रीस्वस्थानी व्रत समापन गरिँदैछ। काठमाडौँको उत्तरपूर्व साँखुस्थित शालीनदी किनारमा लागेको माधव नारायण व्रत तथा मेला पनि समापन हुँदैछ।

देशका विभिन्न जिल्ला तथा स्थानमा रहेका नदी तलाउमध्यको विशेष पौराणिक स्वस्थानीको महिमा बोकेको शालीलदीमा आई स्नान गरी पौष शुक्ल पूर्णिमादेखि श्रद्धालु निष्ठापूर्वक व्रत बसेका थिए । आज यस व्रत समापन गर्ने दिन शनिबार पनि यस शालीनदी अर्थात माधवनारायण व्रतालुमा श्रद्धालुको घुइँचो लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%४%

प्रतिक्रिया दिनुहोस