आज:  | Mon, 06, May, 2024

मौसम सम्वन्धि जानकारी : तीन प्रदेशमा हिमपात,भोलि पहाडी भागमा वर्षा हुने

५ चैत्र २०८०, सोमबार ०८:३४ मा प्रकाशित ( १ महिना अघि) २१७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ५ चैत ।

शोमबार तीन प्रदेशमा हिमपातको सम्भावना रहेको छ भने भोलि पहाडी भागमा वर्षा हुने सम्भावना छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज बिहान कोशी र मधेश प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। विभागले राति देशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भागमा भने मौसम सफा रहनेछ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। भोली मंगलबार देशका पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस