आज:  | Sat, 27, Apr, 2024

आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)सुरु हुँदै,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थीको परीक्षा

१५ चैत्र २०८०, बिहीबार ०६:३५ मा प्रकाशित ( १ महिना अघि) २६७ पाठक संख्या
नारी बाटिका


फाइल तस्वीर

काठमाडौं -१५  चैत ।

आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)सुरु हुँदैछ । यस वर्षमा १० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थीहरुले परीक्षा दिदैछन् । आजदेखि सुरु भई (एसईई) परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहिबार बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने जनाइएको छ ।

परिक्षामा विद्यार्थीलाई मनोवैज्ञानिक दबाब पर्न नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिनु भएको छ । यो परीक्षामा सामुदायिक र निजी विद्यालय गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीहरु यस परीक्षामा सामेल हुन फाराम भरेका छन्। साथै यी मध्ये ४ लाख ८० हजार परीक्षार्थीहरुले प्रवेश पत्र लिइसकेको परीक्षा नियन्त्रक प्रमुख नन्दलाल पौडेलले जानकारी दिनु भयो ।

सबैभन्दा धेरै यस वर्ष बागमती प्रदेशबाट १ लाख ३ सय ७० विद्यार्थी सहभागी हुने भएका छन्। त्यस्तै मधेश प्रदेशबाट ८१ हजार ३ सय १७, लुम्बनी प्रदेशबाट ७९ हजार ५ सय १६, कोशी प्रदेशबाट ७७ हजार ४ सय १५, सुदुरपश्चिम प्रदेशबाट ५५ हजार ७ सय ६८, गण्डकी प्रदेशबाट ४० हजार ९ सय ७७ विद्यार्थी छन्। सबैभन्दा कम संख्यामा रहेका कर्णाली प्रदेशबाट ३९ हजार ६ सय ६८ विद्यार्थी सहभागी हुनेछन्। विदेशस्थित यो पटक जापानबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्।

परीक्षाका लागी बोर्डले २ हजार ६४ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष¸ सहायक केन्द्राध्यक्ष¸ निरीक्षक¸ सहायक र सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ५ सय ५ जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्द्रमा खटाएको परीक्षा नियन्त्रक पौडेल बताए। यो वर्ष २ लाख ५३ हजार ६ सय २७ जना छात्र परीक्षामा सहभागी हुँदा दुई लाख २ लाख ५० हजार ७ सय ७२ छात्राले परीक्षा दिनेछन्।

यसैगरी यस वर्ष परीक्षाफल लेटर ग्रेडिङ प्रणालीमा प्रकाशित हुनेछ। विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर विद्यार्थीले ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था थियो। तर यस वर्षदेखी एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनु पर्ने व्यवस्था गरिएको छ।

साथै सैद्धान्तिकमा ३५ प्रतिशत भन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। परीक्षाफल भने तीन महिनामा प्रकाशित गर्ने बोर्डको योजना रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%

प्रतिक्रिया दिनुहोस