आज:  | Tue, 30, Apr, 2024

सबैभन्दा राजधानी रहेको काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा सूचीमा

२७ चैत्र २०८०, मंगलवार १८:३८ मा प्रकाशित ( २ हफ्ता अघि) १८१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २७ चैत।

देशकै राजधानी रहेको काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा सूचीमा परेको छ । उपत्यकामा वायु प्रदूषण बढेको केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा रूपमा सूचीकृत भएको जनाइएको छ । इन्डेक्सका अनुसार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई)दुई सय पुगेको थियो ।

वातावरण विभागको अनुसार पछिल्लो समयमा मुलुकभर लागेको डढेलोको असर काठमाडौँ उपत्यका लगायतका प्रदषित सहरको सुचीमा परेको बताएको छ । हाल जताततै लागिरहेको डण्ेलोको कारण “केही साताअघि पनि काठमाडौँको वायु प्रदूषण बढेको थियो, आज थप प्रदूषण भएको छ”,। विभागले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताएको छ।

डढेलो रोकथामका लागी जतिसुकै जनमासमा सचेतना जगाएतापनि नयाँ घाँस र दाउराको लोभले जानेबुझेकै मान्छेले “जानाजान वनमा डढेलो लगाउनु भएन, डढेलो लगाउनेलाई कडा रूपमा कारबाही गर्नुपर्छ”,विभागको आरोप रहेको छ “जथाभाबी रूपमा फोहर पनि जलाउनु भएन, मानवीय जनचेतनाका कारण पनि यो समस्या आएको छ । सबै सरोकारवालाको पहलमा अव प्रदूषण नियन्त्रणमा जुट्नुपर्छ ।”

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहूँ अथवा पहेँलो सङ्केत दिइन्छ । एक सय एकदेखि एक सय ५० सम्मलाई हुनुलाई श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्युआइलाई पनि अस्वस्थकरका रूपमा लिइन्छ ।

दुई सय एकदेखि तीन सय सयसम्मको अति अस्वथ्य अवस्थाको वायु भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५०सम्मलाई अति खतरा मानिन्छ ।

यस्तै उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख गरिएको छ । विपद् रोक्नका लागि कार्य योजनामा फोहर जलाउने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक,सुत्केरी तथा अशक्त बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्य योजनामा उल्लेख गरिएको छ ।

राष्ट्रिय वातावरण नीति २०७६ मा प्रदूषण न्यूनीकरण गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथाम सम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति बनेको छ ।

ठुला सहरी क्षेत्र, औद्योगिक प्रतिष्ठान लगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ्कन गरिनेछ रणनीतिमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस