आज:  | Mon, 29, Apr, 2024

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सबै पालिकामा ज्ञापनपत्र बुझाउँदै

४ बैशाख २०८१, मंगलवार १९:०८ मा प्रकाशित ( १ हफ्ता अघि) १७८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ४ वैशख।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सबै पालिकामा ज्ञापनपत्र बुझाउँने भएको छ । नेविसंघले ६ वैशाखमा आफ्नो ५५ औँ स्थापना दिवसको अवसर पारेर ७५३ वटैस्थानीय तहमा विज्ञप्ति बुझाउन नेविसंघले सबै पालिकामा आफ्ना प्रतिनिधि समेत खटाएको छ ।

स्थानीय तहमा पेश गर्न लागिएको ज्ञापन पत्रमा शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन, अध्ययन, अनुसन्धान गर्नुपर्ने, शिक्षामा बजेट बढाउनु पर्ने लगायतको माग समेटिने नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले पहिलो बैठकमा भएका प्रस्ताव अनुसार निर्णय गरिएको केन्द्रीय अध्यक्ष शेर्पाले बताए। अध्यक्ष शर्पाका अनुसार प्रतिनिधि जान चाहनेको लागि अनलाइन फारम खुला गरिएको थियो । सोही आवेदन अनुसार केन्द्रीय सदस्य, स्ववियु सभापति एवं विभिन्न इकाइ सदस्य सम्मिलित प्रत्येक पालिकाका लागि एक(एक जना केन्द्रीय प्रतिनिधि तोकी खटाईने शेर्पाको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस