आज:  | Wed, 08, May, 2024

बजेट छर्दैमा उपलब्धि नहुने पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष पाण्डेको भनाई

१५ बैशाख २०८१, शनिबार ०९:१४ मा प्रकाशित ( १ हफ्ता अघि) ११४ पाठक संख्या
नारी बाटिका


बिबियु नारी बाटिका संवाददाता


धादिङ- १५ वैशाख ।

पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिकासको लागी बजेट छर्दैमा उपलब्धि नहुने बताउनु भएको छ । पार्टी उपाध्यक्ष पाण्डेले विकासको मोडेल फरक कोणबाट अघि बढाउनु पर्ने बताउँदै पछिल्लो समयमा देशमा सबै काम एकै पटक गर्न खोज्दा अनुत्पादक लगानी बढेको र लामो समय सम्म प्रतिफल लिन नसकेको बताउनु भएको हो

प्रेस चौतारी धादिङले शुक्रबार धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पाण्डेले सो कुरा बताउनु भएको हो । उहाँले योजनाको प्राथमिकिकरण गर्दै साना र बजेट छर्ने योजना लगानी गरिने परिमार्टी रहेकोले ७० प्रतिशत लगानी रणनीतिक योजनाहरुमा लगानी गर्नुपर्ने पूर्व अर्थमन्त्री समेत भैसक्नु भएका पाण्डेको भनाइ छ ।

उहाँले भन्नु भयो यतिबेला देशको अर्थतन्त्रको स्वास्थ्य राम्रो छैन । विदेशी मुद्राको संचिती बढेपनि यो देशको अर्थतन्त्रको पूर्ण संचिति नभएकोले अर्थतन्त्र चलायमान बनाउन योजनाहरु ल्याउनु पर्नेमा जोड दिनु भएको छ । नयाँ ललगानी आउन सकेको छैन । विदेशबाट आयात कटौती गरिएको छ । निर्माण व्यवसाय, सेयर बजार, घरजग्गा कारोबार लगायतका क्ष्ेत्रमा आर्थिक कारोबार घट्दै भएको बताउनु भयो ।

यस्तै अर्थतन्त्र संकुचित भएकोले धेरैलाई रोजगारी दिन सक्ने, विकासको मोडेललाई उत्पादनसंग जोड्ने खालको योजना ल्याउन अर्थमन्त्रीलाई आफ्नो पार्टीले आग्रह समेत गरेको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस