आज:  | Sat, 18, May, 2024

फोकस नेपाल र गैसस महासंघको सयुक्त आयोजनमा सामुदायिक सुरक्षा मञ्चको बैठक सम्पन्न साथमा तस्वीरहरु

२३ बैशाख २०८१, आईतवार २०:०१ मा प्रकाशित ( १ हफ्ता अघि) १६८ पाठक संख्या
नारी बाटिका


धादिङ २३ वैशाख ।

सामुदायिक सुरक्षा मञ्चको बैठक सम्पन्न भएको छ । वर्तमान समयमा सामुदायिक सुरक्षामा देखिएका चुनौतिहरु,स्वास्थ्य समस्या,समाजमा हुने नकारात्मक गतिविधिको बारेमा जानकार हुनको लागी बैठकमा चर्चा गरिएको थियो ।

यस्तै पछिल्लो समयमा जलवायु परिवर्तनले वावावरण प्रदुषण उच्च बन्दै गैरहेकोले मानिसहको स्वास्थ्यमा देखिएका समस्या लगायतमा कसरी समाधान गर्न सकिन्छ भन्ने उद्धेश्यले यस बैठकको आयोजना गरिएको फोकस नेपालका कार्याकारी निर्देशक एकराज छत्कुलीले जानकारी गराउनु भएको थियो ।

फोकस नेपाल, गैर सरकारी संस्था महासंघ धादिङको आयोजना र नागरिक आवाजको सहयोगमा बैठक सम्पन्न भएको हो ।

अहिलेका युवा पुस्ताहरु मनोसामाजिक समस्या बड्दे गएको र आत्महत्या गर्नुको मुख्य कारण नै मनोसामाजिक समस्या रहेको कार्यक्रममा सहभागिहरुले बताएका थिए।

अपाङगता भएकाहरुले स्थानीय सरकार र राज्य बाट पाउनुपर्ने सेवा सुविधा नपाएको, लागु औषधको उच्च सेवनकै कारण हाईवे क्षेत्रमा सडक दुर्घटना हुने ,घरेलु हिंसा,लैंगिक हिंसाबाट प्रभावितका लागी स्थानीय तहले विशेष ध्यान दिनुपर्ने सहभागिहरुले बताएका छन् ।

बेनिघाट रोराङ गाउँपालिकाका चेपाङ समुदायका बालबालिकाहरु बालबाविवाह तर्फ उन्मुख हुंदै गैरहेकोले स्थानीय तहले यस तर्फ ध्यान दिन सके यसलाई न्युनिकरण गर्न सकिने सहभागीहरुले बताएका छन् ।  त्यस्तै राजमार्ग क्षेत्र भएकोले बढी मात्रामा वेवारिसे अवस्थाका महिलाहरु भेटिने गरेका र हाईवे क्षेत्रका महिलाहरुलाई राख्नको लागि पालिकाले सेफ हाउसको व्यवस्थापन गर्नुपर्ने लगायत समस्या तथा सुझावहरु राखेका छन् ।

यसैगरी बेनिघाट रोराङ गाउँपाििलकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बैठकमा उठेका विषयहरुलँई आगामी निति तथा कार्यक्रमहरुमा समावेश गर्ने बताउनु भएको छ ।

साथै हाम्रो समाजमा हाल मनोसामाजिक समस्या बढीरहेकोले यसको मध्यानजर गरी पालिकाले मनोविमर्श कार्यक्रम संचालन गर्नको लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीको अध्यक्षतामा भएको बैठकमा फोकस नेपालका कार्यकारी निर्देशक एक्रराज छत्कुलीले सामुदायिक सुरक्षा परियोजनाको उद्धेश्यका बारेमा जानकारी गराउनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस