आज:  | Sat, 27, Jul, 2024

समितिको कार्यादेश टुंगो लगाउन आज बैठक बस्दै,एमालेको ध्यान लामिछानेलाई चोख्याउने

८ जेष्ठ २०८१, मंगलवार ०८:१२ मा प्रकाशित ( २ महिना अघि) १३६ पाठक संख्या
नारी बाटिका


काठमाडौं ८ जेठ ।

सहकारी ठगी प्रकरणको छानबिन गर्न भनि गठित संसदीय समितिको कार्यादेश तय गर्न आज कार्यदलको बैठक बस्ने भएको छ। सो बैठक मंगलबार बिहान ९ बजेदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्न लागेको कार्यदलका सदस्य जीवन परियारले जानकारी दिनु भयो ।

गृह्रमन्त्री लामिछाने विरुद्धमा लागेको सहकारी ठगी प्रकरण बारेमा छानबिन गर्न सत्ता पक्ष र विपक्षबीच लामो रस्साकस्सी पछि समिति बनाउन सहमत भएर समितिको क्षेत्राधिकार टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन भएको हो।

कार्यदलका सदस्यमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन्। गृहमन्त्री एव्ं रास्वपा सभापती लामिछानेमाथी छानविन बारे विभिन्न चरणमा छलफल भएपनि कार्यदेशमा सहमति छुट्न सकेको छैन।

मुख्य सवाल नै कार्यदेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने भन्नेमा नै सहमति हुन सकेको छैन। सत्तापक्षले ‘व्यक्ति केन्द्रित’ छानबिन समिति बन्न नसक्ने अडान राखेको छ। सोही अडानमा काँग्रेसले प्रतिनिधि सभाको अवरोध गर्दापनि वलमिच्याईँ गरेरै भएपनि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनु भयो ।

सरकार संसदीय समिति बनाउन कांग्रेस तयार भएपनि कांग्रेसले आरोप लगाएका उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको प्रमुख सचेतक रमेश लेखकले बताउँदै आउनु भएको छ । त्यसैगरी सत्ता साँझेदार प्रमुखघटक एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीको नामै तोकेर छानबिन समिति बन्न नसक्ने उनको जोड छ ।

गठित उक्त संसदीय छानविन समितिले समग्र सहकारीको ठगीको छानबिन गरी रायसुझाव सहित प्रतिवेदन तयार पार्ने कार्यादेश बनाउनु पर्नेमा सत्तापक्षको भनाइ छ । यसो त सत्तापक्षबाट विशेष गरी नेकपा एमालेले गृहमन्त्री रवी लामिछाने कै पक्षमा काँग्रेससंग विवादका साथ संसद्मै प्रतिकार समेत गर्दै आएको छ ।

नागरिकहरु भन्छन् एमालेको ध्यान लामिछानेलाई चोख्याउने तर्फ केन्द्रित छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस