आज:  | Sat, 27, Jul, 2024

श्रम मन्त्री अर्यालको डेढ सय तोला सुन, करोडौंको जग्गा र शेयर पनि

८ जेष्ठ २०८१, मंगलवार १८:५६ मा प्रकाशित ( २ महिना अघि) २४० पाठक संख्या
नारी बाटिका


काठमाडौं ८ जेठ ।

राष्ट्रीय स्वतन्त्र पार्टीका उप सभापती एवं् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग १ सय ५० तोला सुन,करौंडोको जग्गा तथा शेयर लगानी रहेको खुलेको छ।

आज सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार अर्यालसँग चाँदी १ सय तोला र हिरा १० तोला रहेको बताईएको छ। उनको र पत्नी अम्बिका केसीका नाममा विभिन्न १२ स्थानमा करोडौं मूल्य बराबरको जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।

मन्त्री अर्याल र उनका श्रीमती केसीका नाउमा काठमाडौं, धादिङ, लमजुङ र भक्तपुरका विभिन्न स्थानमा रहेका जग्गाहरु व्यापार र निजी कमाइबाट झण्डै साढे ५ करोड रुपैयाँमा खरिद गरिएको विवरणमा लेखिएको छ ।

यसैगरी श्रीमती केसी र उनका नाममा विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थामा २ करोड १८ लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ ।

अर्यालले आफ्नो नाममा मेगा बैंकको १० हजार, बिग इन्भेष्टमेन्टको ३५ हजार, पिपुल इन्भेष्टमेन्टको ९ हजार र जनसागर सहकारीको १० हजार कित्ता शेयर खरिद गरिएको उल्लेख गरेका छन् ।

श्रीमती अम्बिकाको नाममा सुवर्णभूमि सहकारीको एक हजार र संयम सहकारीको २ हजार कित्ता शेयर रहेको उल्लेख गरिएको छ। यसैगरी दुई करोड २३ लाख रुपैयाँमा खरिद गरिएको स्वयम्भू स्टार व्याङक्वेट, सुमिरे ट्राभल्स एन्ड टुर्स प्रालि, इजी लिङ्क रेमिट र एपीए ह्याण्डीक्राफ्टस पनि रहेको विवरणमा उल्लेख छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस