आज:  | Sat, 27, Jul, 2024

सर्वोच्चले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्धको रिट निवेदन दर्ता गर्न आदेश

९ जेष्ठ २०८१, बुधबार १८:५५ मा प्रकाशित ( २ महिना अघि) २०५ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ९ जेठ।

बुधबार सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा। दिनमणि पोखरेल विरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आफ्नो आदेश दिएको छ ।

आज न्यायाधीश टेकप्रसाद ढुगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता पोखरेल विरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गरेको हो ।

सर्वोच्च अदालत दिएको यो आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस