आज:  | Sat, 27, Jul, 2024

सम्पतीको विवादमा आफ्नै दाजुको हत्या गर्ने भाइ पक्राउ

१६ जेष्ठ २०८१, बुधबार १६:०८ मा प्रकाशित ( १ महिना अघि) १५२ पाठक संख्या
नारी बाटिका


नुवाकोट १६ जेठ ।

नुवाकोटमा जग्गा सम्बन्धी विवाद हुंदा आफ्नै दाजुको हत्या गर्ने भाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटस्थित किस्पाङ गाउँपालिका–५ मानेगाउँका बस्ने ६७ वर्षीय सिंहबहादुर तामाङ रहेका छन् ।

जग्गा विवाद बढ्दै गएपछी सिंहबहादुरले सोही गाउँ बस्ने आफ्नै दाजु ७१ वर्षीय खमसिंह तामाङको हत्या गरेका हुन् । दाजुको हत्यामा उनकै भाइको संलग्नता रहेको पुष्टी भएपछी सोही अभियोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज नियन्त्रणमा लिएको हो।

सोमबार साँझ धारिलो हतियार (खुकुरी(प्रहारबाट खमसिंहको हत्या भएको थियो । दाजुभाईबिचमा जग्गा सम्बन्धी विवाद बड्दै गएपछी आफ्नै भाइबाट खमसिंहको मृत्यु भएको पाइएकाले सिंहबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी, उव्ं प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनु भयो।

सूचना अधिकारी भारतीका अनुसार उनीहरुको विचमा लामो समयदेखि जग्गा सम्बन्धी विवाद भैरहेको थियो । यस्तै घटनास्थलको प्रारम्भिक अनुसन्धान प्रतिवेदन र घटनाका सम्बन्धमा अभियुक्तबाट समेत स्वीकार गरेको बयानका आधारमा निजलाई पक्राउ गरिएको प्रहरीको भनाइए छ ।

सिंहबहादुर तामाङ यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भएर कैद भुक्तानपश्चात् छुटेका व्यक्ति भएकाले अभियुक्त पटके भएको प्रहरीले जनाएको छ। सिंहबहादुरलाई कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्नलाई अनुमति लिन आज जिल्ला अदालत नुवाकोटमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस