आज:  | Sat, 27, Jul, 2024

डिआईजी केसी र सामुदायिक प्रहरी सेवा समिती धादिङबिच पारिचात्मक कार्यक्रम

१६ जेष्ठ २०८१, बुधबार १९:४८ मा प्रकाशित ( १ महिना अघि) २६५ पाठक संख्या
नारी बाटिका


  1. बिबियु -नारी बाटिका संवाददाता

धादिङ- १६ जेठ ।

प्रहरी नायव महानिरीक्षक (डिआईजी) विष्णु कुमार केसी र सामुदायिक प्रहरी सेवा समिती धादिङबिच पारिचात्मक तथा भेटघाट बैठक सम्पन्न गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको प्रहरी प्रमुखको जिम्मेवारी समहाली रहनु भएका प्रहरी नायव महानिरीक्षक (डिआईजी) विष्णु कुमार केसी र सामुदायिक प्रहरी सेवा समिती धादिङकाबिचमा बुधबार पारिचात्मक तथा भेटघाट बैठक गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालयबाट केही समयअघि सरूवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक (डिआईजी) केसीको आतिथ्यतामा सेवा समिती धादिङका कार्यसमिती  पदाधिकारीहरु,

सल्लाहकारहरु,जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक गौतम कुमार केसी,प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रको आतिथ्यता रहेको थियो ।


यसैगरी सो बैठकमा सिनियर प्रहरी अधिकृत सहितको उपस्थित रहेको थियो भने ईलाका प्रहरी कार्यलय गजुरीका प्रहरी नायव उपरिक्ष,ईलाका प्रहरी कार्यलय खानेखोला,ट्राफिक प्रहरी कार्यलयका प्रमुख लगायतका वरिष्ठ प्रहरी अधिकृतहरुको बिचमा पारिचात्मक बैठक सम्पन्न गरिएको हो ।यसैगरी सो बैठक एव् भेटघाट कार्यक्रममा सामुदायिक सेवा समितीका पदाधिकारीहुरु तथा समितीमा आवद्द नि.न.पा.४ का पुर्व  वडाध्यक्ष शिवराज गिरी,धादिड॰ वारका अध्यक्ष विश्वराज अधिकारी,पत्रकार महांसंघका अध्यक्ष राजाराम शर्मा,ग्रामीण यातायात व्यवसायी संघका अध्यक्ष बद्री सुवेदी, को सहभागिता रहेको थियो ।

धादिड॰ चेम्वर अफ कमर्सका अध्यक्ष गोविन्द कुमार श्रेष्ठ,नारी केन्द्रका कार्यकारी निदेशक तथा संन्चारकर्मी भगवती भण्डारी उप्रेती लगायको उपस्थित रहेको थियो ।

प्रहरी कार्यलय धादिङको निरिक्षणको सिलसिलमा आज धादिङवेसी आईपुग्नु भएका प्रहरी नायव महानिरीक्षक (डिआईजी) केसी समक्ष सेवा समितीका अध्यक्ष होमनाथ रिजाल,निवर्तमान अध्यक्ष गोविन्द कुमार श्रेष्ठ,कानुनी सल्लाहकार विश्वराज अधिकारी,


सल्लाहकार राजाराम शर्मा,सल्लाहकार भगवती उपे्रती लगायतले धादिङमा हुने लैंगिक हिंसा,घरेलु हिंसा,राजमार्ग सडकखण्डको

पछिल्लो अवस्था,सामुदायिक प्रहरी सेवा समिति धादिङको पछिल्लो अवस्थाको बारेमा छोटो जानकारी गराईएको थियो ।

कार्यक्रम सेवा समितीका महासचिव बद्री प्रशाद सुवेदीले स्वागत मन्तव्य साथै बैठक संन्चालन गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस