आज:  | Sat, 27, Jul, 2024

जीप दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत

१७ जेष्ठ २०८१, बिहीबार ११:३६ मा प्रकाशित ( १ महिना अघि) २३२ पाठक संख्या
नारी बाटिका


सुर्खेत १८ जेठ ।

सुर्खेत दुर्घटना अपडेट :

सुर्खेत जीप दुर्घटनामा मृत्यु भएका  चारैजनाको सनाखत भएको छ । भारतमा रोजगारी गरी घर फर्केका यात्रु चढेको बोलेरो जिप आज विहानै सुर्खेतको (दैलेख सडक खण्डमा पर्ने वीरेन्द्रनगरस्थित रातानाङ्ला भन्ने स्थान नजिकै दुर्घटना भएको थियो ।

सुर्खेत हुंदै कालिकोट तर्फ जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनामा परी मृत्यु भएका चारमध्ये तीनजना कालिकोटका रहेका र एक जना दैलेख जिल्ला घर भएको प्रहरीले पुष्टी गरेको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका(३ घर भएका तन्त कामी,उनका १७ वर्षीय छोरा वीरेन्द्रर र २७ वर्षीय नवराज विकको मृत्यु भएको हो।

यस्तै मृतक मध्य अर्का दैलेखको भैरवी गाउँपालिका(४ घर भएका महिन्द्र शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्र विश्वकर्माले जानकारी दिनु भयो।

त्यस दुर्घटनामा परी घाइते हुनेहरुमा कालिकोटको शुभकालिका गाउँपालिका(३ का नरी कामी र कालिकोटकै खाडाचक्र नगरपालिकास्थित नरेन्द्र विष्ट रहेका छन्।

घाईतेहरुको अहिले कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिप सडकबाट ३०० मिटर तल खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस