आज:  | Sat, 27, Jul, 2024

गुलोवल बैंकका कर्मचारी बोकेको बस सिन्धुलीमा दुर्घटना हुंदा १५ घाइते

१७ जेष्ठ २०८१, बिहीबार १९:३२ मा प्रकाशित ( १ महिना अघि) १३६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १७ जेठ ।

सिन्धुली जिल्लाको खुरकोट नजिकै बैंकका कर्मचारी बोकेको बस  दुर्घटना हुंदा १५ घाइते भएका छन् । बर्दिबासबाट काठमाडौँ तर्फ आउँदै गरेको बस खुरकोट नजिकै दुर्घटना ग्रस्त भई एउटा घरमा ठोकिन पुगेको हो । उक्त बस घरको छत र भित्तामा ठोक्किन पुगेको जनाएको छ ।

सो बसमा २८ जना बैंकका कर्मचारी सवार रहेको बताएको छ । घाईते मध्ये अहिलेसम्म १५ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले बताउनु  भयो ।

घाइते रहेका  उनीहरु मध्ये १२ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी जनाएको छ  ।

सुचना अधिकारी कटुवालका अनुसार गुलोवल बैंकका कर्मचारी चढेको बस दुर्घटनामा भएको बुझिएको छ। अहिले उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

बस सिन्धुलीको गोलन्जोर वडा नं ७ मा दुर्घटनामा भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ अ. ५ः३० बजेतिर दुर्घटनामा परेको हो। बस सडकबाट करिव १० मिटर तल घरको भित्ता र छतमा ठोकिन पुगेको थियो। गाडी घरमाथि पुगेर उत्तानो परेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस